सामाजिक क्षेत्रमा काम गर्दै आएको स्काउट नामक संस्थाले विद्यार्थी तथा युवाहरुलाई लक्षीत गरेर विविध कार्यक्रमहरु गर्दै आइरहेको छ । जसअनुरुप मोरङको पथरीशनिश्चरेमा पछिल्लो समय यसले विभिन्न कार्यक्रमहरु गरिरहेको छ । स्काउट के हो ? यसले के गर्छ ? पाठकका यस्तै यस्तै जिज्ञासाहरुलाई मेट्ने उद्धेश्यले हामिले पथरीशनिश्चरेका स्काउट प्रमुख आयुक्त रोशन बुढाथोकिसंग संवाद गरेका छौँ । प्रश्तुत छ उहाँसंगको संवादको अंश
स्काउट भनेको के हो ? बताइदिनुस न
स्काउट चै विश्वव्यापि भोलेन्टीयर्स संस्था हो । यसले सामाजिक क्षेत्रमा काम गर्ने गर्दछ र नेपालमा विशेषगरी हामी युवाहरुलाई लक्षित गरेर कार्यक्रम गर्छौँ । यो चाहिँ बिना नाफा निस्वार्थ भावनाले गरिनें सामाजिक सेवा हो । स्काउट चै अहिले विश्वका २०० भन्दा बढी राष्ट्रहरुमा फैलिएको छ। स न १९०७ मा बेलायतबाट सुरु भएको स्काउटको नेपालमा वि. सं २००९ असार ५ गते स्थापना भएको हो । भने पथरीशनिश्चरेमा चाहिँ २०७८ वैशाख १५ गते तदर्थ समिति भनेर तत्कालिन प्रधानमन्त्री के.पि शर्मा ओलिज्यूले देशका ७ सय ५३ वटै पालिकामा चै नेपाल स्काउटलाई स्थापना गर्नुभएको हो ।
युवालाई प्राथमिकतामा राखेर भन्दै गर्दाखेरि यसमा आवद्ध हुनका लागि कति उमेर समुह तोकिएको छ ?
यसमा चै विशेष बालवालिकाहरुलाई फोकस गरिएको हुन्छ । एउटा ६ देखि ११ सम्मको उमेर समुह हुन्छ, जसलाई हामि कपब्राउन भन्छौँ । र त्यो उमेर समुह सकिसकेपछि हामि स्काउटर भन्छौँ । अर्को ग्रुप हुन्छ त्यसमा चै ११ देखि १६ वर्ष सम्मका विद्यार्थिहरुलाई लक्षीत गरेर कार्यक्रम सञ्चालन गर्छौँ र त्यसपछि चाहिँ १६ देखि २५ वर्ष सम्मका युवाहरुलाई लक्षीत गरेर रोवर रेञ्जर भनेर अर्को कार्यक्रम हुन्छ भने त्यसमाथि एडभान्स तालिम हुन्छ, जुन चै २५ देखि ३५ सम्मका युवाहरुले लिन पाउँछन् त्यसपछि चै स्काउट मास्टर बनेर आउँछन ।
स्काउटको खास उद्धेश्य चै के हो ?
यो चै वालवालिकाहरुलाई अनुशासित बनाउने, आफ्नो काम आफैँ गर्न सिकाउने, आत्मरक्षा र प्रतिरक्षाका कुराहरु सिकाउने र उनीहरुलाई समाजमा हामीले पनि सामाजिक बन्नुपर्छ, समाजमा हामीले सेवा गर्नुपर्छ र त्यसका लागि हामी जहिले पनि तयार हुनुपर्छ भन्ने कुरा विशेषगरि युवाहरुलाई लक्षीत गरेर सिकाउँछौँ र संगसंगै यसले चै के पनि गर्छ भने विपत व्यवस्थापनमा युवाहरुलाई सामेल गराउने त्यसको तालिम गराउने, दैविप्रकोपहरुमा युवाहरुलाई लक्षीत गरेर त्यसका लागी तयार गर्ने साथै शारिरिक व्ययाम सिकाउने काम स्काउटले गर्छ ।
पथरीशनिश्चरेमा चै अहिलेसम्म स्काउटले के के गर्दैछ त ?
स्थापनाकालमा हामि कोरोना महामारिका कारण विशम परिस्थितिमा थियौँ । खुलेर कार्यक्रमहरु समेत गर्न पाएका थिएनौँ । र हामि पनि स्काउटमा नयाँ थियौँ । भर्खरै तिन तहको सरकार बाँडिएको थियो । र हामिलाई निर्देशन दिने प्रदेश कार्यालयले पनि हामिलाई निर्देशन दिन वा समायोजन गर्नलाई तालमेल मिलिरहेको थिएन । पछि २०७९ साल चै स्काउटलाई विस्तार गर्ने कुराहरुमा हामिले पनि त्यस विषयमा ज्ञान बटुल्यौँ र म स्वयं २०७९ सालमा काठमाडौँको ककनिमा गएर स्काउट मास्टरको तालिम लिएँ । त्यसपछि हामिले तत्कालिन नगरप्रमूख ज्यू संग समन्वय गरेपछि नगरबाट बजेटको ब्यवस्थापन गरिदिनुभयो र त्यसपछि नगरका संस्थागत तथा सामुदायीक विद्यालयक ४२ जना शिक्षकशिक्षीकालाई राखेर हामिले तालिम दियौँ तर त्यो तालिम त्यति उपलव्धीमुलक भएन किनकी उहाँहरुले राम्रोसंग व्यवस्थापन गरेर लैजान सक्नुभएन । त्यसपछि अव प्रौढहरुलाई भन्दा पनि युवाहरुलाई लक्षीत गर्नुपर्छ र मुख्यतया स्काउटले बालवालिकाहरुसंग भनेर कार्यक्रमहरु गर्ने भएकोले हामिले छलफल गरि युवाहरुलाई चै हामिले तयार गर्यौँ भने ति नै युवालाई मास्टर्स सम्म बनाउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा छवि बनाउन सकिन्छ भन्ने सोचेर विद्यालयमा गएर हामिले तालिम दिन सुरुवात गयौँ । हाल हामिले सुनाखरि मा.विमा ५० भन्दा वढिलाई दिक्षान्त गरिसकेका छौँ जसमा ११ देखि १६ वर्ष उमेर समुहका छन भने वडा नं ४ को भागिरथ माध्यमिक विद्यालयमा ५० जना विद्यार्थी तयारी अवस्थामा छन् ।
ति तालिममा चै के के सिकाइन्छ त ?
हामीले अनुसासनका कुराहरु सिकाउँछौँ । साथै समुदायमा तथा फरक उमेर समुहका साथिहरु संग कसरी घुलमिल हुने साथै व्यवहारिक दिने काम स्काउटले गर्छ । त्यस्तै आत्मरक्षा र प्रतिरक्षाका कुराहरु तथा शारिरीक व्ययामहरु र अझ अहिलेको परिस्थिीतीमा बढ्दैगएको कुलतको बाटोबाट विद्यार्थिहरुलाई कसरी टाढा राख्ने भन्ने कुरामा पनि स्काउटले कार्यक्रम चलाउँछ ।
यस्ता कार्यक्रमका लागि आवश्यक श्रोत तथा बजेट चै कसरी व्यवस्थापन हुनेगरेको छ ?
यो चाहिँ नेपाल सरकारको एउटा अंग जुन खेलकुद मन्त्रालयमा गाभिएर केन्द्र तथा प्रदेशमा पनि बजेटको व्यवस्थापन हुन्छ । साथै कतिपय स्थानिय सरकारहरुबाट पनि बजेटको व्यवस्थापन हुनेगरेको छ । यो समिति चाहिँ छुट्टै एउटा स्वायत समिति नभएर स्थानीय सरकारको एउटा समिति हो। त्यसो भएको हुनाले यसका सम्पूर्ण बजेटको व्यवस्थापन स्थानीय सरकारले गरिदिनुपर्छ र गर्ने गरेको पनि छ । र धेरै पालिकाहरुमा चाहिँ बजेटको व्यवस्थापन हुदैन तर पछिल्लो समय स्काउटलाई बुझेर बजेटको व्यवस्थापन हुन पनि थालेको छ । तर कहिलेकाहिँ हामि के पनि गर्छौँ भने सबै कुरा स्थानिय सरकारको लगानि हुँदा विद्यार्थिहरुले त्यसलाई राम्रोसंग अपनत्व नलिने हो कि भन्ने सामान्य रुपैया पर्ने सामग्रीहरु जस्तै ः उनिहरुले लगाउने बेल्ट, ब्याच, टोपिहरु हुन्छ त्यो जम्माजम्मी लगभग ३०० ३५० रुपैयाँ जति पर्छ त्यो त्यो उनीहरुले बेहोर्दा अपनत्व हुन्छ कि भनेर पनि अभ्यास गर्छौँ । तर अहिले हामिले पिछडिएका सामुदायीक विद्यालयहरुलाई प्राथमिकता दिएको हुनाले हामिले नै व्यवस्थापन गरिरहेका छौँ । तर संस्थागत विद्यालयहरुले चै सम्पूर्ण खर्च आफैँ ब्योहोनुपर्छ । र अहिले हामिले एउटा संस्थागत विद्यालय रेडस्टार बोर्डिङमा तालिम गराइरहेका छौँ । त्यहाँ खर्चको जिम्मेवारी उहाँहरुले आफै लिदैहुनुन्छ ।
केहिदिन अघि फ्रान्सबाट ४ जनाको टोलि आउनुभएको थियो नि उहाँहरु आउनुको उद्धेश्य चै के थियो ?
उहाँहरु चै फ्रान्सकै स्काउटको प्रोजेक्टको लागि आउनुभएको थियो । उहाँहरुले उक्त प्रोजेक्टमार्फत विभिन्न देशमा भइरहेका स्काउट सम्बन्धि गतिविधिहरु हेर्ने, अन्य देशमा चै कस्ता कस्ता तालिमहरु प्रदान भइरहेको छ भन्ने कुराहरुको अध्ययन गर्न आउनुभएको थियो । हाम्रो केन्द्रिय कार्यालय लैनचौर मार्फत उहाँहरुले झापाको दमक नगरपालिकालाई छानि त्यहाँका विभिन्न विद्यालयका विद्यार्थीहरुसंग अन्तरक्रिया गर्ने, अनुभव आदानप्रदान गर्ने लगायतका कार्य गरिरहनुभएको छ । र यही मौकाको सदुपयोग गर्दै हामिले पनि समन्वय गरि यहाँ ल्याएर यहाँका विद्यार्थिहरुसंग अनुभव आदानप्रदान गर्ने अवसर मिलाएका हौँ ।
स्काउटले विद्यार्थीहरुसंग रकम असुलि गरिरहेको भनेर केहि सामाजिक सञ्जालमा पनि आएको थियो नि त्यो के थियो ?
एउटा कुरा के बुझ्नुपर्यो भने हामि नेपाल सरकारसंग आवद्ध भएका स्काउट प्रतिनिधि हौ र हाम्रो सम्पूर्ण बजेटहरु सरकारसँग सम्बन्धित हुन्छ। सरकारले दिएको बजेटलाई नै हामीले स्काउटीङमा प्रयोग गर्छौ हाम्रो छुट्टै कुनै व्यापार हुँदैन हामीसँग त्यो कुनै खालको फण्ड पनि हुँदैन। हामीले के गर्छौ भने स्थानिय सामुदायीक विद्यालयमा चै स्थानिय सरकारले दिएको बजेटले नै कार्यक्रमहरु गर्ने गर्छौँ ।
स्काउट एउटा सामाजिक कार्य गर्ने संस्था हो। र कुनै पनि सामाजिक कार्य गर्नलाई हामीले चाहिँ व्यावहारिक रुपमा सिकाउने गर्छौँ । यो चै कस्तो हुन्छ भने पढेर मात्र गरेर पनि सिक्न सकिन्छ भनेर व्यवहारिक रुपमा दिइने अनौपचारिक शिक्षा पनि हो । जसअन्तर्गत नगरपालिकाकै चर्चित नमुना विद्यालयमा हामीले स्काउटिङ गराइरहेका छौँ। त्यहाँ तालिम लिन चाहने विद्यार्थिहरुको संख्या यकिन छैन । अव चाहि साउनको अन्तिमतिर त्यस संख्यालाई निश्चीत गरेर चै पूर्ण रुपले क्लास सुरु गर्छौँ । तर तालिम धेरै नै अगाडि बढाइसकेका छौँ । हामिले मितव्ययीताका कुराहरु पनि सिकाइरहेका हुन्छौँ । आगामि तालिमको कुरा भइरहँदा त्यहाँ फण्डको कुरा आयो र हामिले यसरी पनि फण्ड जम्मा गर्न सक्छौँ भनेर उनिहरुलाई सिकायौँ । मासिक बचत गर्ने वा मूल फण्ड बनाएर राख्ने अनि त्यसको ब्याजदरले चाहिँ आफूभन्दा कम अवसर पाएका विद्यार्थीहरुको लेख्ने छैन लेख्ने किन्दीने कापि छैन कापि किन्दीने तथा प्राथमिक स्वास्थ्य उपचारका सामग्रीहरु पनि राख्ने भनेर हामीले एउटा फण्डको कुरा ल्यायौ। र विद्यार्थीहरुले उनीहरु आपसी छलफल गरेर हजार रुपैया चाहिँ उठाउने र हजार रुपैया चाहिँ त्यो फण्डमा जम्मा गर्ने भनेर
उनिहरुले आफ्नै लागि जम्मा गरेका हुन । त्यो रकम हामिसंग आइनै पुगेको हुदैन उनिहरुसंगै हुन्छ र निर्णय पनि उनिहरुकै निर्णय हो तर वाहिर गलत प्रचार गरियो । र यसप्रति हाम्रो खेद पनि छ ।
प्रस्तुति – प्रेम के.डि