डेङ्गु रोकथाम तथा नियन्त्रणका लागि ‘खोज र नष्ट पार’ कार्यक्रम

पथरी / पथरी शनिश्चरे वडा नं. १ को आयोजनामा डेङ्गु रोकथाम तथा नियन्त्रणका लागि ‘खोज र नष्ट पार’ कार्यक्रम सम्पन्न भएको छ ।

आज वडा नं. १ को गोर्खाडिपार्टमेन्ट स्टोर अगाडि औपचारिक कार्यक्रम पश्चात् खोज र नष्ट पार कार्यक्रम सम्पन्न भएको हो । वडा नं. १ का अध्यक्ष भीम राईको अध्यक्षतामा भएको छोटो औपचारिक कार्यक्रममा डेङ्गु रोग सम्वन्धी नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले आफ्नो प्रस्तुति राख्नुभएको थियो । त्यसपश्चात् पूर्व बस स्टेन्डबाट सरसफाई कार्यक्रम सुरुवात गरी पश्चिम बस स्टेन्डसम्म गरिएको थियो ।

सो कार्यक्रमममा राजनीतिक दलका प्रतिनिधि, प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । डेंगु रोग नगरपालिकामा छिटफुट मात्रामा देखा पर्न थालेकोले यो कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष भीम राईले जानकारी दिनुभयो ।