वडा नं. २ मा सचेतना तथा लार्भा खोज र नष्ट गर’ अभियान

पथरी / पथरी शनिश्चरे नगरपालिका वडा नं. २ को सृजना चौक देउरालीमा १ जनालाई डेंगी संक्रमण देखिएपछि ‘सचेतना तथा लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ ।

मंगलवार वडामा डेंगी देखिएपछि वडाबासीलाई डेंगी संक्रमणबाट बच्न जनप्रतिनिधि र नगर अस्पताल स्वास्थ्यकर्मीहरुबाट सो अभियान सञ्चालन गरिएको वडाध्यक्ष नैना राईले जानकारी दिनुभयो । वडाका टोल निवासी महानुभावहरुलाई सचेत रहन र लामखुट्टेको टोकाईबाट बच्ने उपाय अपनाउन सो अभियानले अपिल गरेको छ ।