डिभिजन बन कार्यालय मोरङका प्रमुख बिश्णुलाल घिमिरेको बिदाइ कार्यक्रम सम्पन्न

पथरी / सामुदायिक बन उपभोक्ता महासंघ मोरङले डिभिजन बन कार्यालय मोरङका प्रमुख बिश्णुलाल घिमिरेलाई भव्य रुपमा बिदाइ गरेको छ । २०४३ सालबाट सरकारी सेवामा रहेर २०८० देखि डिभिजन बन कार्यालय मोरङका बन अधिकृतको रुपमा कार्यरत उनले साउन १९ गतेबाट अवकाश लिदैछन् । सोमबार पथरीशनिश्चरे वडा नं १० मा रहेको डांस मोरङगि सामुदायिक बनको सभाहलमा बिदाइ कार्यक्रमको आयोजना गरि उनलाइ बिदाइ गरिएको हो ।

सामुदायिक बन उपभोक्ता महासंघ मोरङका कार्यवाहब अध्यक्ष तथा डांस मोरङगि सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष मदन पोख्रेलको अध्यक्षतामा भएको उक्त बिदाइ कार्यक्रममा केन्द्रीय उपमहासचिव सीता स्रेष्ठ र सामुदायिक बन उपभोक्ता महासंघ कोशि प्रदेश महासचिव रेनुका दाहाल, प्रदेश कमिटि सदस्य अग्नि पौडेल, ऐनकुमारि दाहाल, र सुनिता तामाङलगायतका अतिथिहरूले आफ्ना मन्तव्य व्यक्त गरेका थिए ।

सामुदायिक बन उपभोक्ता महासंघ पथरीशनिश्चरेकि नगर अध्यक्ष मैनादेवि आचार्यले स्वागत मन्तव्य प्रस्तुत गर्दै घिमिरेको सेवा र योगदानको प्रशंसा गर्दै उनलाई सुखद अवकाशको शुभकामना दिएकि थिइन् । शुभकामना मन्तव्यमा, सामुदायिक बन उपभोक्ता महासंघ प्रदेश सदस्य अग्नि प्रसाद पौडेलले घिमिरेको कार्यकालको महत्वपूर्ण योगदान र प्रभावलाई औंल्याए। उनले समर्पण र मेहनतका लागि घिमिरेलाई धन्यवाद दिंदै आगामी दिनमा उनको स्वस्थ र सुखमय जीवनको कामना गरे । केन्द्रीय उपमहासचिव सीता स्रेष्ठले पनि घिमिरेको कामको उच्च प्रशंसा गर्दै शुभकामना व्यक्त गरिन ।

नितिगत रुपमा उहाँ कानुन कार्यन्वयन गर्ने पक्षमा र सामुदायिक बन उपभोक्ता महासंघ चै सामुदायिक बन र उपभोक्ताको अधिकार स्थापित गर्ने पक्षमा रहेको हुदा नेपालका नितिगत बन वातावरणका कानुनममध्ये केही कानुनका बुदाहरु उपभोक्ताको पक्षमा नभएकोले काम गर्ने क्रममा केही मतभेद भएतापनि ब्यवहारिक रुपमा सहजिकरण गर्न सफल हुनुभएको भन्दै अध्यक्ष पोख्रेलले घिमिरेको तारिफ गरेका थिए ।

घिमीरेलाई विदाई गर्न मोरङका दर्जनौ सामुदायिक बनका पदाधिकारी तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।