पौडीको हिट चरणबाटै बाहिरिइन् डुवाना लामा

काठमाडौं / नेपाली पौडीबाज डुवाना लामा पेरिस ओलम्पिक २०२४ को हिट चरणबाटै बाहिरिएकी छन्।

आइतबार भएको २०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गरेकी उनले निर्धारित दूरी पार दुई मिनेट २०.७४ सेकेन्डमा पार गरिन् । सात खेलाडी रहेको हिट वानमा उनी अन्तिम स्थानमा रहिन् ।

डुवानाले वाइल्ड कार्डमार्फत पेरिस ओलम्पिकमा सहभागी भएकी थिइन् ।