पुँजीबजार शिक्षा तथा शेयरवजारसम्बन्धि एकदिवसीय कार्यक्रम सम्पन्न

पथरी / पथरी उद्योग वाणिज्य संघको आयोजना तथा नेपाल धितोपत्र बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघको समन्वयमा पुँजिबजार शिक्षा तथा शेयरसम्बन्धि एकदिवसीय कार्यक्रम सम्पन्न भएको छ ।

पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दिपक बस्नेतको अध्यक्षता तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण बैद्यको प्रमुख आतिथ्यतामा पथरी बहुमुखि क्याम्पसको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्डका उपसचिव नारायण प्रसाद शर्माले पुजिवजार तथा शेयरबजार सम्बन्धि सहजिकरण गरेका थिए ।

कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका निवर्तमान नगरप्रमुख दिलिपकुमार राई, पथरी उद्योग वाणिज्य संघका पदाधिकारी, निवर्तमान अध्यक्ष धनकुमार तामाङ, विभिन्न राजनैतिक दलका प्रतिनिधि, व्यवसायी तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

पथरीशनिश्चरेका व्यवसायी तथा विद्यार्थीहरुलाई लक्षीत गरि शेयर बजारसम्बन्धि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गएिको पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दिपक बस्नेतले बताए ।