विशाल सामुदायीक बनमा वृक्षरोपण

प्रेमप्रसाद भट्टराई (के.डि)
पथरी / पथरीशनिश्चरे वडा नं ६ मा रहेको विशाल सामुदायीक बनमा वृक्षरोपण गरिएको छ । आज (शुक्रबार) पथरीशनिश्चरे नगरपालिकाका नगरप्रमुख मोहन तुम्बापोले विरुवा रोपेर वृक्षरोपण कार्यक्रमको उद्घाटन गरेका थिए ।

सामुदायीक वन उपभोक्ता महासंघ मोरका कार्यवाहक अध्यक्ष तथा श्री डांस मोरङगी सामुदायीक बनका अध्यक्ष मदन पोख्रेलको विशेष पहलमा उक्त वृक्षरोपण कार्यक्रम गरिएको थियो । टिक, मसला लगायतका करिव १ हजार विरुवा सव डिभिजन वन कार्यालय कानेपोखरीले उपलब्ध गराएको थियो भने उक्त विरुवा श्री डांस मोरङगी सामुदायीक बनले वृक्षरोपणस्थलसम्म ढुवानि सहयोग गरेको थियो ।

वृक्षरोपण कार्यक्रममा नगरप्रमुख तुम्वापोका साथै उपप्रमुख देविमाया काफ्ले, वडा नं ६ का वडाध्यक्ष कृष्ण बस्नेत, सामुदायीक बन उपभोक्ता महासंघ प्रदेश कमिटि सदस्य अग्नी पौडेल, प्रदेश कमिटि सदस्य ऐनकुमारि दाहाल, जिल्ला महासंघका अन्य पदाधिकारिहरु, नगर महासंघ अध्यक्ष मैनादेवि फुयाँल, पथरीशनिश्चरेका १० वटा सामुदायीक बन समितिका पदाधिकारी तथा बनकर्मिहरुको उपस्थिति रहेको थियो ।

एक संस्थाले अर्को संस्थालाई आवश्यकताअनुसार सहयोग गर्नुपर्ने बानिको विकास गर्नुपर्ने भन्दै नगरप्रमुख मोहन तुम्वापोले उक्त वृक्षरोपणको पहलका लागि अध्यक्ष मदन पोख्रेल र सहयोगका लागि डांस मोरङगी सामुदायीक बनलाई धन्यवाद समेत दिएका थिए ।