जमर्को साप्ताहिकको वार्षिकोत्सव बालगृहमा

पथरी / पथरीशनिश्चरेबाट प्रकाशित हुदै आएको जमर्को साप्ताहिक पत्रिकाले आइतबार बाह्रौं वार्षिकोत्सव मनाएको छ । सो पत्रिकाको टिमले उर्लाबारी ७ स्थित नमुना बालगृहका ६८ जना बालबालिकाहरूलाई बिहानको खाना खुवाएर वार्षिकोत्सव मनाएको हो ।

सो अवसरमा पत्रिकाका अध्यक्ष एवं सम्पादक मोहन भट्टराईले विगतमा विभिन्न समूहमा बसेर रमाइलो गरी मनाइने मनाइने यस वर्षको वार्षिक उत्सव नानीहरुलाई खाना खुवाएर मनाउने निर्णय गरे अनुसार कार्यक्रम गरिएको र आगामी दिनमा आफू तथा आफू निकट संघ संस्था एवं व्यक्तिहरूलाई यस्तै कार्यक्रमहरू गर्न लगाउने प्रतिबद्धता जाहेर गरेका छन्। पत्रकार घनश्याम भण्डारीले सञ्चालन गरेको सो कार्यक्रममा बाल गृहकी अध्यक्ष एवं कार्यक्रमकी प्रमुख अतिथि मिना बरालले सबैको सहयोगले अहिले १४० जना बालबालिकाहरूलाई आफूले हुर्काई बढाई गर्न सफल भएको र आगामी दिनमा पनि सहयोगी महानुभावहरुलाई हरेक कार्यक्रमहरू यही आएर मनाउन आग्रह गरेकी छन् ।

पत्रिकाका प्रकाशक मोहन भट्टराईले संस्थाकी संरक्षक मिना बराललाई सहयोग रकम हस्तानतरण गरेका थिए । पत्रिकाबाट भएको आम्दानीबाट सामाजिक दायित्वको रुपमा उत्त रकम प्रदान गरेको प्रकाशक भट्टराईले बताए । बालगृहका संरक्षक मिना बरालले मानव जीवनमा सबैभन्दा पहिला खाना, नाना र छाना चाहिने भएकोले सहयोगी पत्रिकालाई धन्यबाद दिइन । कार्यक्रममा संचारकर्मीहरु केदार चौहान, जगन्नाथ भट्टराई, मन नेम्वाङ लगायतको उपस्थिती रहेको थियो ।




Leave a Reply

Your email address will not be published.