भिडियो प्रतिस्पर्धामा आधारभूत स्वास्थ्य केन्द्र पथरी शनिश्चरे प्रथम

पथरी / स्वास्थ्य कार्यालय मोरङ र करुणा फाउण्डेसन नेपालद्वारा आयोजित ‘फोलिक एसिड चक्कीको प्रयोग’ भिडियो प्रतिस्पर्धामा आधारभूत स्वास्थ्य केन्द्र पथरी शनिश्चरे १ ले प्रथम स्थान हासिल गरेको छ ।

यस्तैगरी सुन्दर हरैचा नगरपालिका इन्द्रपुर स्वास्थ्य चौकी दोस्रो र उर्लाबारी नगरपालिका आधारभूत स्वास्थ्य केन्द्र १ तेस्रो भएको छ ।

पथरी शनिश्चरे नगरपालिकाको तर्फबाट निर्मला विक, रक्षा गजमेर, दिक्षा गौतम, लिला सुब्बा, अनिता बस्नेत र मनिता थापाको अभिनय रहेको भिडियो प्रथम भएको हो । प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्नेहरुलाई नगद रु. ५ हजार, ३ हजार र १ हजार पुरस्कार रहेको थियो ।