श्रमिकहरूलाई परिचयपत्र तथा सदस्यता पत्र वितरण

पथरी / अनौपचारिक श्रमिक हित व्यवस्थापन समिति पथरी शनिश्चरे नगरको आयोजनामा श्रमिकहरुको परिचयपत्र तथा सदस्यता प्रमाण–पत्र वितरण कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

नगरपालिकाको सभाहलमा बिहिवार २ सय जना बढीको भेलाले मुख्य गरेर कार्यविधिलाई संसोधन गरी आधिकारिक ट्रेड युनियन साथै वडा कार्यालबाट श्रमिकहरूको सिफारिस गरी पञ्जीकरण गराउने समेत भेलाले पारित गरेको हो । कार्यक्रममा नगरपालिकाका १ सय ५१ जना श्रमिकहरुलाई परिचयपत्र तथा सदस्यता प्रमाण–पत्र वितरण गरिएको थियो । सो कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहन प्रसाद तुम्वापो र विशिष्ट अतिथि उप–प्रमुख देविमाया काफ्लेले परिचयपत्र तथा सदस्यता वितरण गर्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता तथा स्वागत मन्तव्य श्रमिक हित व्यवस्थापन समितिका अध्यक्ष भीमकुमार राईले राख्नुभएको थियो । यस्तै वडा नं. ८ का अध्यक्ष तथा नगर प्रवक्ता नविन कार्की, क्यूपेक नेपाल मोरङ जिल्ला सदस्य झन्चलाल लिम्बु (दिनश)ले आ–आफ्ना कुरा राख्नुभएको थियो । निक्कै उत्साहित रुपमा उपस्थिति जनाएका श्रमिकहरुले परिचयपत्र र सदस्यता पत्र प्राप्त गरेपछि खुशी व्यक्त गर्नुभएको थियो ।

यस्तैगरी १ सय ५९ जना श्रमिकहरुको हिमालयन एभरेष्ट इन्स्योरेन्स लि. पथरी शाखा मार्फत दुर्घटना वीमा पनि गरिएको छ । श्रमिकको दुर्घटना भएमा औषधी उपचार एक लाखसम्म र बिमांगक रकम ५ लाख बराबरको प्रति व्यक्ति रहने सदस्य सचिव सुरेन राईले जानकारी दिनुभयो ।

कार्यक्रममा लेखा शाखा प्रमुख पिताम्वर वस्ती, योजना तथा प्रशासन शाखा प्रमुख एवं सूचना अधिकारी शिवकुमार रार्ई, वडा अध्यक्षहरु उद्धवराज बस्नेत, जीवन खतिवडा, नैना राई लगायतको उपस्थिति रहेको थियो ।