विपन्न छात्र छात्राहरुलाई उप–प्रमुखद्वारा साइकल वितरण

पथरी / पथरी शनिश्चरे नगरपालिकाको आर्थिक वर्ष २०८०/ ८१ को स्वीकृत कार्यक्रम विपन्न नागरिकसँग उपमेयर कार्यक्रम अन्तर्गत विपन्न छात्र छात्राहरुलाई साइकल वितरण गरिएको छ । आज नगरपालिकाको सभाहलमा छोटो औपचारिक कार्यक्रम पश्चात् नगर उप–प्रमुख देविमाया काफ्लेले साइकल वितरण गर्नुभएको हो ।

नगरपालिकाको ६ वटा माध्यमिक विद्यालयका कक्षा ११ र १२ का विपन्न छात्र छात्राहरुलाई साइकल वितरण गरिएको हो । जसअन्तर्गत पञ्चायत माविका १ जना, जनमा माविका ३, अमरसिंह माविका ५ जना, भागिरथ माविको ४ जना, बुद्ध माविको ८ जना र सिंहवाहिनी माविको ९ जनालाई साइकल वितरण गरिएको थियो ।