नगर उपप्रमुखद्वारा डांसखोलाले पुर्‍याएको क्षतिको अनुगमन

पथरी / पथरीशनिश्चरे नगरपालिकाको उप–प्रमुख एवं अनुगमन समितिको संयोजक देविमाया काफ्लेको अगुवाईमा वडा नं. १० को डाँस खोला पुर्याएको क्षतिको अनुगमन गरिएको छ ।

बुधवार वडाको जिरिखिम्ती, पशुपतिनगर चौक र त्रिवेणी चौकमा डाँस खोलाले गरेको कटान (क्षति) को अनुगमन गरिएको हो । अनुगमन पश्चात् सो क्षेत्रहरूमा तुरुन्त तटबन्धन र च्यानलाइज गर्न उप–प्रमुख काफ्लेले निर्देशन दिनुभयो ।

यसैगरी वडा नं. १० का अध्यक्ष जीवन खतिवडाले आजैबाट काम सुरु हुने बताउनुभएको छ । अनुगमनमा नगरका सूचना अधिकारी तथा योजना शाखा प्रमुख शिव कुमार राई, वडा सदस्य वीरबहादुर बस्नेत, नगरको इन्जिनियर सन्तोष केसी र प्राविधिक टोली लगायतको उपस्थिति रहेको थियो ।