सामुदायिक विद्यालयमा पञ्चायत मावि मोरङको उत्कृष्ट

पथरी/ एसईई २०८० को नतिजा आज प्रकाशन भएको छ ।

प्रकाशित नतिजा अनुसार मोरङ जिल्लाको उत्कृष्ट विद्यालयका रुपमा पथरीशनिश्चरे १ मा रहेको पञ्चायत माध्यमिक विद्यालय रहेको छ । पञ्चायत माविबाट निकिता राईले सामुदायिक विद्यालय तर्फ मोरङमा सबैभन्दा बढि ३।९६ जिपिए ल्याएकी छिन् ।

यसैगरी सोही विद्यालयबाट सहभागी करुणा राईले ३।६५, शौरभ धिमालले ३।६५ र नम्रता खतिवडाले ३।६२ ल्याएकी छिन् । उत्कृष्ट हुने यी विद्यार्थीहरूलाई पञ्चायत माविका कुनैपनि संकायमा कक्षा ११ र १२ निःशुल्क अध्ययन गर्ने व्यवस्था गरिएको प्रधानाध्यापक अर्जुन कुमार बुढाथोकीले जानकारी दिनुभयो ।