मञ्जु रेग्मीको अध्यक्षतामा महिला संघको तदर्थ समिति गठन

बेलबारी / नेपाल महिला संघ मोरङ क्षेत्र नम्बर तिनको आज भएको भेलाबाट मञ्जु फुयल रेग्मीको नेत्रित्वमा २१ सदसीय तदर्थ समिति गठन भएको छ ।

नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ३ का क्षेत्रिय सभापति गणेश खड्काको प्रमुख आतिथ्यतामा भएको उक्त भेलामा क्षेत्रिय सचिव राजेन्द्र बहादुर अधिकारी साथै बेलबारी नगर सभापती छत्र लिम्बु लगायतको उपस्थिती रहेको थियो । नेपाली कांग्रेस बेलबारी पार्टी उक्त तदर्थ समिति गठन भएको हो । कार्यलयमा पार्टी नेपाल महिला संघ जिल्ला सभापती शान्ता पोडेलको सभापतीत्वमा गठन भएको उक्त समितिमा उपसभापतीमा सिता रायमाझि र भिमकुमारी गुरुङ, सचिवमा मुना पाण्डे र अस्मिता सुवेदी, सहसचिवमा रुपा भटराई र रेणुका आचार्य, सदस्यहरुमा दिलकुमारी विक, इश्वरा खरेल, पम्फा धिमाल, सिर्जना सार्की, लक्ष्मी तामाङ्ग, सुनिता राजवंशी, मञ्जु चौधरी, शान्ती भुजेल, संगीता खवास, लक्ष्मी भण्डारी, उमा खड्का, रणमाया थापा, कुमारी नेपाली र शर्मीला तामाङ्ग रहेका छन् ।

अघिल्लो समितिमा सचिव रहेकी मञ्जु फुयल रेग्मी यस पटक सभापतीमा चुनिएकी हुन् । सभापती रेग्मीका अनुसार अव चाँडै क्षेत्र भरीका २६ वटै वडामा नेपाल महिला संघको वडा समिति र ४ वटै पालिकामा पालिका समिति गठन गर्ने बताईन् ।