वडा नं ८ मा खुल्ला व्ययामशाला सञ्चालन हुने

पथरी / पथरी शनिश्चरे वडा नं ८ ले वडावासीहरुको लागि खुल्ला व्यायमशाला निर्माण गरेको छ । वडाको वार्षिक कार्यक्रम अनुसार वडावासीहरुलाई दैनिक व्यायामको माध्यमबाट निरोगी बनाउनको लागि सो खुल्ला व्यायमशाला निर्माण गरिएको वडाध्यक्ष नविन कार्कीले जानकारी दिए ।

वडाको सोमबारीस्थित बुद्ध माविको कम्पाउण्डमा निर्माण भएको व्यायामशाला भोलिदेखि सञ्चालन हुने बताइएको छ । सो व्यायामशाला वडाको बजेट मार्फत निर्माण गरिएको भएपछि इच्छुकहरुले सो व्यायामशालामा निःशुल्क ब्यायाम गर्न सक्ने वडाले जनाएको छ । व्यायामशाला विहान ४ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म खुल्ला रहने वडाध्यक्ष जानकारी बताए । वडाले निरोगी वडा निर्माणको लागि सुगर तथा प्रेसरको औषधि समेत मागको आधारमा निशुल्क वितरण गरिरहेको छ ।