४ जिपिए ल्याउनेमा प्रदेशको राजधानिबाहिर रेडस्टार पहिलो, जिपिए ४ ल्याउने आफ्ना २ बिद्यार्थिलाई ५०/५० हजार नगदसहित सम्मान

पथरी / एसइई परीक्षामा जीपीए—४ ल्याउनेमा कोशि प्रदेशको राजधानिबाहिर पथरीशनिश्चरेको रेडस्टार उत्कृष्ट बनेको छ । सार्वजनिक नतिजाअनुसार  देशभर जम्मा १ सय ८६ जना बिद्यार्थीले मात्र जिपिए ४ ल्याएका छन् । यसमध्ये कोशि प्रदेशको राजधानि ( बिराटनगर) को एक बिद्यालयका ३ बिद्यार्थीले ४ जिपिए ल्याएका छन भने सो बाहेक मोरङको पथरीशनिश्चरेमा रहेको रेडस्टारका २ बिद्यार्थीले ४ जिपिए ल्याउदै बिद्यालयले प्रदशको राजधानिबाहिर प्रदेशकै उत्कृष्ट बिद्यालयको रुपमा चिनाउन सफल भएको छ । सो अवसरमा रेडस्टारले ४ जिपिए ल्याउने आफ्ना २ विद्यार्थी सतिस आचार्य र अजय लिम्बूलाई जनहि रु ५०/५० हजार नगद (कर बाहेक) का साथ सम्मान गरेको छ ।

प्रिन्सिपल टीएन तिम्सिनाले विद्यालय र शिक्षकहरुको लामो मेहनतले जीपीए—४ ल्याउन सफल भएको बताए । यद्यपि जीपीए—४ ल्याउने पुर्व अनुमानित नजिता भएका सञ्चालकहरुको भनाइ थियो । रेडस्टारमा अध्ययनरत छात्र, छात्रालाई देशमै उत्कृष्ट अंक ल्याउने, व्यावहारिक र सामाजिक बनाउने लक्ष्य अनुसार सफलता प्राप्तहुँदै गएको प्रिन्सिपन तिम्सिनाले बताए ।

कार्यक्रममा जीपीए—४ ल्याउने छात्र अजय लिम्बूकी आमा गंगा लिम्बू र सतिस अचार्यको बाबा तिर्थ आचार्यले देशमै उत्कृष्ट जीपीए ल्याउन मेहनत गर्ने रेडस्टार स्कुल व्यवस्थापकहरु र शिक्षकहरुलाई धन्यवाद दिए । अभिभावक तिर्थ आचार्यले छोराछोरीलाई गलत संगत, सामाजिक सञ्जाल तथा घर परिवार र समाजिक समस्याबाट टाढा राख्न सक्नुपर्ने सुझाव पेस गरेका थिए ।

जीपीए—४ ल्याउने लिम्बू र आचार्यले घरमा असल सस्कार, शैक्षिक वातावरण तथा विद्यालयमा शिक्षकहरुको मेहनतको कारण आफूहरु उच्च जीपीए ल्याउन सफल भएको बताएका छन् । दुवै जनाले कक्षा—११ रेडस्टारमै पढ्ने बताएका छन् । उत्कृष्ट दुवैजनालाई शिक्षिका सरिता भट्टराईको तर्फबाट २/२ हजार नगद प्रदान गरेका छन् । एसइई उतिर्ण सम्पूर्ण बिद्यार्थीहरुलाई टीका तथा माला लगाएर बधाई शुभकामना दिइएको थियो।

जीपीए—४ देशभर १८६, मोरङ जिल्लामा ८ जनाले ल्याएकोमा रेडस्टार बोर्डिङमा २ जनाले ल्याएको हो । रेडस्टारबाट ७५ जना विद्यार्थी एसइईमा सहभागी भएका थिए । जसमध्ये ७२ जना (९७%) पास गरेका छन् ।  रेडस्टारको छात्र विपिन पोखरेलले कक्षा १२ मा पनि ३.८१ जीपीए ल्याएर प्रदेशकै उत्कृष्ट भएका थिए । रेडस्टार स्कुल आईएसए अवार्डेड विद्यालय हो ।