प्रेम के.डि
पथरी / मोफसलमा पत्रकारिता अर्थात राजधानी र प्रमुख शहरी क्षेत्र बाहेकका साना सहर, गाउँ तथा ग्रामीण क्षेत्रमा गरिने पत्रकारितालाई जनाउँछ । यो पत्रकारिताले त्यहाँका स्थानीय समस्याहरू, घटनाहरू र जनताको आवाजलाई प्राथमिकता दिन्छ । मोफसलको पत्रकारिता स्थानीय समुदायका समस्याहरू, घटनाहरू र विषयवस्तुमा केन्द्रित हुन्छ । प्रायः स्रोत साधन, प्रविधि र प्रशिक्षणको कमीमा पनि मोफसलका पत्रकारहरू प्रायः स्वतन्त्र रूपमा काम गर्छन्, उनीहरूलाई धेरै संस्थागत दबाब हुँदैन। मोफसलमा पत्रकारिताले स्थानीय स्तरमा सामाजिक परिवर्तन र विकासका लागि महत्वपूणर् भूमिका खेल्छ ।
पत्रकारिता पेशा आफैमा चुनौतिपूणर् पेशा हो । अझ मोफसलमा बसेर पत्रकारिता गर्नेहरुका लागि त झनै चुनौतिपूणर् हुन्छ । त्यसैले पनि मोफसलमा पत्रकारिता गर्न चाहनेहरु छोटो समयमै पेशाबाट विलिन हुन्छन् । अझ भनौ पेशालाई नबुझि आउनेहरु त १/२ वर्षमै पत्रकारिताबाट विलिन हुन पुग्छन् तर चुनौतिसंग डटेर र संघर्ष गरेर अगाडि बढ्दै जाने हो भने अवसरका पाटाहरुपनि नआउने हैनन् ।
पथरीशनिश्चरेमा यसरी नै विभिन्न चुनौतिहरुसंग जुध्दै अगाडि बढेर दशकौँ यहि पेशामा रमाएका पत्रकारहरु पनि छन् भने सञ्चारमाध्ययमहरु प्नि छन् । पथरीशनिश्चरेमा पत्रकारीताको सुरुवात गरि यस ठाउँमा सुचनाको सुरुवातको योगदान गर्ने विमला तुम्खेवा अझैपनि पत्रकारीतामै संघर्ष गरिरहनुभएको छ । २०५३ सालमा हेल्लो पथरी, तथा अहिलेको लोकप्रिय पत्रिका ब्लाष्टबाट उहाँले पथरीशनिश्चरेकै पहिलो पत्रकारको रुपमा समाचार सम्प्रेषण गर्नुभएको थियो । त्यसपछि उहाँ अहिले पनि काठमाडौँ बसेर पत्रकारीतामै आवद्ध हुनुन्छ । हालसम्म पनि निरन्तर सक्रिय पत्रकारीता गरिरहनुभएका पत्रकार भुपेन्द्र तिम्सीना र हाल नेशनल लाईफ इन्स्योरेन्सका कोशि प्रदेश प्रमुख समेत रहनुभएका नरेन्द्र राई समेत तुम्खेवाकै समकालिनका रुपमा हुनुन्छ ।
पथरीशनिश्चरेमा पत्रकारीताको सुरुवात गर्ने श्रेय उहाँहरुलाई नै जान्छ । रहरैरहरमा आफ्नै ठाउँबाट पत्रिका निकाल्नुपर्छ भनेर नरेन्द्र राईकै अगुवाइमा २०५५ सालमा पहिलोपटक मोफसल नामक पत्रिका प्रकाशन गरि पथरीशनिश्चरेमा सञ्चारमाध्ययमको सुरुवात गरिएको थियो । बर्षौसम्म विभिन्न चुनौतिका बावजुद पनि समाजलाई सहि सुचना सम्प्रेषण गरेको उक्त पत्रिका हाल बन्द छ । तर पनि पथरीशनिश्चरेका धेरै नागरिकले यहाँको पत्रकारीताको विगतको कुरा गर्दा त्यहि पत्रिका सम्झन्छन् । परिवर्तित समयसंगै अहिले सञ्चारकर्मि, सञ्चार माध्ययम थपिएका छन् । क्रेजि डट कम, अनमोलमणि र जमर्को साप्ताहिक गरि हाल पथरीमा ३ वटा साप्ताहिक पत्रिकाहरु निरन्तर प्रकाशन भइरहेका छन् । भने डिजिटल मिडियाको संख्या पनि बढ्दो छ ।
पथरीशनिश्चरेमा पत्रकारीताको सुरुवात गर्दा एक महिला भएर श्रोत साधनको समस्याका बावजुद पनि पत्रकारीताको सुरुवात गर्दा विभिन्न चुनौतिको सामना गर्नुपरेको अनुभव तुम्खेवामा छ । पत्रकारीता थालेको ३ दशक पुग्न लाग्दा समेत यहि पेशामा दौडिरहनुभएकी तुम्खेवा हाल सञ्चारिका समुहको केन्द्रिय अध्यक्ष हुनहुुन्छ । सोहि संस्थामार्फत महिला पत्रकारको संख्यात्मक वृद्धि, तालिम लगायतमै उहाँले दैनिकी विताइरहन ुभएको छ । पत्रकारीतामा दशकौँ टिक्न गाह्रो छ, अहिलेको सहजता, प्रविधिको फड्को लगायतको विकाशक्रम देख्दा पथरीमा पत्रकारीता सुरुवात गर्ने विमला तुम्खेवा, नरेन्द्र राई, भुपेन्द्र तिम्सीना लगायतको संघर्ष कथा जस्तो मात्र लाग्न सक्छ । तर पथरीमा छापाखाना नहुँदा, विराटनगर, धरान लगायतका ठाउँमा पत्रिका छपाइको लागि गरेको दौड, घण्टौँ पैदल हिँडेर रिपोर्टीङ गरेको अनुभव उहाँहरुको दिमागमा ताजै छ । न टेलिफोनको सुविधा, न सवारी साधन कसैले कहिँ कतै यस्तो भयो रे भनेको भरमा घण्टौँ पैदल हिँडेर समाचार टिपोट गर्न गयो, उक्त ठाउँ पुग्दा श्रोत गलत भइ फेरि पैदलै रिक्तै फर्कनुपरेका घटना उहाँहरुमा ताजै छ । श्रोत सहि भएपनि समाचार टिपोट गरेर त आइयो तर टाइप गर्ने कम्प्यूटर छैन । अर्काको कम्प्यूटर इन्स्ट्च्युटमा गएर टाइप गरेर सञ्चारगृहमा पठाउनुपथ्र्यो । अहिले श्रोतको पहुँच छ, इन्टरनेट, छ हातहातमा कम्प्यूटर छ, सवारीसाधन छ ।
पहिला र अहिलेको पत्रकारीतामा फरक छ । तर सामाजिक सञ्जाल, युट्युव, फेसबुक लगायतका सामाजिक सञ्जालमा आउनेगरेका भ्रामक खबरले समग्र पत्रकारीताप्रति नै वितृष्णा बढ्दो छ । समाजलाई सहि सुचना दिन विभिन्न चुनौतिका वावजुद पनि नगरमा धेरै पत्रकारहरु सक्रिय रुपमा लागिरहनुभएको छ । मोफसलमा पत्रकारिताका धेरै चुनौतीहरू छन्। पहुँच, सुरक्षा, र आर्थिक समस्या मुख्य चुनौतीहरूमध्ये हुन्। त्यसैगरी स्थानीय सरकार र संस्थाहरूलाई सतर्क राख्न महत्वपूणर् भूमिका खेल्छ। यसले ग्रामीण र साना सहरका जनतालाई महत्वपूणर् सूचना प्रदान गर्छ।
समुदायका आवाज र समस्याहरूलाई उजागर गर्छ, विकास र समृद्धिमा योगदान दिन्छ। तर प्रायः विज्ञापन र आर्थिक स्रोतको अभाव,, प्रविधिको पहुँचको कमी, सुरक्षा सम्बन्धी चुनौतीहरू, स्रोतसाधन र तालिमको अभाव जस्ता चुनौती सदैव झेलिरहन्छ । मोफसलमा पत्रकारिता स्थानीय स्तरमा धेरै महत्वपूणर् हुन्छ र यो ग्रामीण विकास र समाजको परिवर्तनमा योगदान दिन्छ।
पेशाप्रति जिम्मेवारी र इमान्दारीताका साथ निरन्तरता दिन सके मोफसलबाटै पनि पत्रकारीतामा भविश्य वनाउन सकिने देखिन्छ ।