के हो जुनोटिक रोग ?

प्रेम के.डि

पथरी / पशुबाट मानिसमा सर्ने खालका रोगलाई जुनोटिक रोग भनिन्छ । जुनोटिक अन्तर्गत रेविज, वर्डफ्लु, कोरोनाभाइरस लगायत धेरै प्रकारका रोगहरु पर्दछन् । यस्ता रोगहरु पशुको टोकाइ, मासु, दुध लगायतबाट मानवशरिरमा प्रवेश गर्छन । जस्तै : कुकुरको टोकाइबाट सर्ने रेविज, कुखुराको मासुबाट सर्ने बर्डफ्लु, साथै हामिले खानेगरेको गाइभैसिको दुधबाट समेत यो रोग सर्न सक्छन् । छाडा पशुचौपायाका कारण समेत यो रोग फैलन सक्ने जोखिम बढ्दो छ ।

यस्ता रोगहरुबाट बच्न माछामासु खाँदा राम्ररी पकाउने र दुध पिउदा राम्ररी तताएर पिउने गर्नुपर्छ भने टोक्ने जनावरबाट टाढै रहनुपर्छ । गाइभैसिको दुध पिउनुअघि ७३ सेल्सीयसमा १५ सेकेण्ड वा ६३ सेल्सीयसमा ३० मिनेट तताएर पिए दुधबाट सर्ने जुनोटिक रोग ९५ प्रतिशत नियन्त्रण गर्न सकिन्छ । नेपाल सरकारले १० प्रकारका जुनोटिक रोगलाई प्राथमिकिकरण गरेको छ ः जसमध्ये ईन्फ्लुएन्जा, रेबिज, कोरोनाभाइरस, लेप्टोस्पाइरोसिस, ब्रुसेलोसिसस, सालमोनेलोसिस, लेस्मिनियासिस, जुनोटिक क्षयरोग, सिस्टिसर्कोसिसरहाईडाटिडोसिस, टोक्जोप्लास्मोसि जस्ता रोगहरु रहेका छन् । इ रोगलागेका मानिसहरुमा ज्वरो आउने, खोकि लाग्ने, घाँटी दुख्ने लगायतका लक्षणहरु इ रोग लागेका मानिसमा देखिन सक्छ । यस्ता रोगहरुको बारेमा समाजमा खासै जनचेतना नफैलिएको कारण समाजमा यस्ता रोगहरुको जोखिम उच्च रहेको छ ।

कोरोनाभाइरसको महामारि त हामिले भुलेकै छैनौँ । यस्ता रोगहरु एक ब्यक्तिलाई लागिसकेपछि समाजमा छिटै फैलन सक्छ भने समयमै रोगको पहिचान नगरे ज्यान समेत जान सक्छ । तसर्थ सामान्य लक्षण देखिनासाथ स्वास्थ्य संथामा गएर राम्ररी पहिचान गरिहाल्नुपर्छ । त्यस्तै हामिले खानेगरेका माछामासु,दुध, राम्ररी पकाएर र तताएर पिउनुपर्छ भने पशुपन्छीसंग नजिकीने, चलाउने, जिस्काउने गर्न पनि हुदैन ।