सुन्दरहरैंचामा मकैबारीमा पुरुषको शव फेला

सुन्दरहरैंचा / सुन्दरहरैंचा नगरपालिका वडा नं ११ स्थित सुकुम्बासी टोल बस्ने ६६ वर्षीय पुरुषको आइतबार राति शव फेला परेको छ ।

घर नजिकै रहेको मकैबारीमा घाँस काट्दै गरेको अवस्थामा साँझ ६ बजे  छत्रबहादुर श्रेष्ठको शव भेटिएको प्रहरीले जनाएको छ । श्रेष्ठको शवलाई पोस्टमार्टम गर्नका लागि मङ्गलवारे अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेज दाहालको नेतृत्वको टोलीले घटनाको बारेमा अनुसन्धान गरिरहेको छ ।