ग्रामीण भेगका नागरिकको गुनासो सुन्ने उद्देश्यले किर्तिपुरमा सार्वजनिक सुनुवाई कार्यक्रम

पथरी  / पथरी शनिश्चरे नगरपालिका वडा नं. ७ मा अवस्थित किर्तिपुर बजारमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

नगरपालिकाले नगरपालिकाप्रति चासो, गुनासो, विभिन्न विषयमा प्रश्न र सुझाव लिने उद्देश्यले शुक्रबार आयोजना गरेको सो सार्वजानिक सुनुवाई कार्यक्रमको सहजीकरण भुल्के मिडिया प्रा.लि.पथरीले गरेको हो । कार्यक्रमको सुरुवातमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशि राईले नगरको योजना तथा कार्यक्रमहरुको बारेमा विस्तृत जानकारी गराउनुभएको थियो ।
त्यसपश्चात् नागरिकहरुले आफ्नो गुनासो, प्रतिक्रिया र सुझावहरू सहित हाकाहाकी बहस गरिएको थियो । बिशेषगरि नगरपालिकाका ग्रामिण भेगका नागरिकको गुनासाहरुलाइ केन्द्रीत गरि गरिएको उक्त कार्यक्रममा वडा नं ४,५,६,७ का वडाबासिको उल्लेख्य उपस्थिति रहेको थियो भने खेतिको समय रहेकोले उपस्थित हुन नसकेका कृषकहरुले गुनासो टिपाएर पठाएका थिए। नागरिकहरुबाट प्राप्त भएका गुनासोहरूको सम्बोधन विषयगत कार्यालयको तर्फबाट जवाफदेही नगर प्रमुख मोहन प्रसाद तुम्वापो, प्रमुख प्रशासकीय अधिकृत शशि राई, कर्मचारी लुकनाथ पोखरेल र गिता कट्टेललेले दिनुभएको थियो ।

वडा नं. ७ का अध्यक्ष उद्धवराज बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा नं. १ का अध्यक्ष भीम राई, वडा नं. ५ का चेतन खड्का, प्रहरीका प्रतिनिधि, वडा सदस्य तथा कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।