पार्टी फुटाउने प्रयास भयो- अध्यक्ष नेपाल

पोखरा / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी फुटाउने प्रयास भएको बताएका छन् ।

युवा सङ्घ नेपाललद्वारा कुपन्डोलमा बुधबार आयोजित नेकपा ( एकीकृत समाजवादी )पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यलाई बधाई तथा शुभकामना कार्यक्रममा मन्तव्य व्यक्त गर्दै पार्टीका अध्यक्ष माधवकुमार नेपाल । तस्बिर : हरिराम भेटुवाल÷रासस

बुधबार पार्टी निकट पत्रकार संगठनले कास्कीको पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले पार्टी फुटाउन खोजको हल्ला आफूले पनि सुनेको तर, त्यो हल्ला असफल बनाइदिएको बताएका हुन् ।

उनले भनेका छन्- ‘पार्टी फोर्ने दुस्साहस गरेको छ भने सफल हुँदैन । हल्ला चलेको हो । मैले संसदीय दलको बैठक बोलाएको हो । दलको बैठक बोलाउँदा एकताबद्ध भएर अगाडि बढ्ने वक्तव्य दिएको हो । फाटफुट, आयाराम-गयाराम भैरहन्छ । गयारामभन्दा आयाराम बढी छन् ।’

अध्यक्ष नेपालले पार्टी फुटाउन लागेको सूचना कोही कसैले पाए आफूलाई उपलब्ध गराउन पत्रकारहरुलाई आग्रहसमेत गरेका छन् । उनले भने- ‘यो धर्तिमा एस सिधियोस् ठान्ने पनि होलान् । प्रयास पनि गर्दा होलान् । त्यस्तो सूचना पाए हामी एकीकृत हुने थियौँ । तपाईंहरू नेपालको खुफिया हो । सूचना पाए बताइदिनुहोला ।’




Leave a Reply

Your email address will not be published.