सुन्दरहैचामा मृत हाति फेला

सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिकामा बुधबार बिहान एउटा हात्ती मृत फेला परेको छ । हात्ती मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो ।

नगरपालिकाको वडा नम्बर ६ स्थित दुर्गापुर मन्दिर टोलमा स्थानीय भक्तराज लिम्बुले लगाएको केरा खेतीमा हात्ती मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

हात्ती मर्नुको कारण नखुलेको प्रहरीले जनाएको छ । हात्तीलाई हेर्दा भर्खर युवा अवस्थामा प्रवेश गर्न लागेको भाले हात्ती देखिन्छ । हात्ती मर्नुको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केही महिना अघि मात्र सुन्दरहरैंचा नगरपालिकामा एउटा हात्तीलाई गोली हानी हत्या गरिएको थियो ।

स्रोतका अनुसार केही दिन अघि सुन्दरहरैंचा नगरपालिका क्षेत्रमा पर्ने जंगलभित्र २५/३० वता हात्तीको बथान प्रवेश गरेको थियो ।