छोरिको जन्मदिनको अवसरमा अमेरिकाबासि रेन्जुद्धारा नेपालमा नृत्य प्रतियोगिता सञ्चालन

पथरी / अमेरिकामा रहेर नेपालका विभिन्न सामाजिक कार्यमा सक्रियता देखाउँदै आएका रेन्जु राईले आफ्नी छोरिको जन्मदिनको अवसरमा नेपालमा नृत्य प्रतियोगिता सञ्चालन गरेका छन् ।

बुधवार मोरङको पथरीशनिश्चरे वडा नं १० मा रहेको भुटानि शरणार्थि शिविरस्थित सुजना डान्स सेन्टरमा भएको उक्त खुल्ला सामुहिक नृत्य प्रतियोगिताको उपाधि सुनाखरि बेलडागि क्लवले हात पारेको थियो । उपाधि संगै उसले नगद २५ हजार प्राप्त गरेको थियो । त्यस्तै प्रतियोगिताको दोश्रो पुरस्कार हाम्रो पथरी डान्स सेन्टरले हात पार्दै नगद १५ हजार जित्न सफल भयो भने तृतिय स्थान ओगट्न सफल पथरी डान्स सेन्टरले ७ हजार ५ सय रुपैया पुरस्कार राशि प्राप्त गरेको थियो ।

वरिष्ठ कलाकार हेमन्त बुढाथोकिको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगितामा ८ टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताको निर्णायकहरुमा भुपेन्द्र तुम्वाहाम्फे, लक्ष्मी समाल र पेमा लामा रहेका थिए । कलाकार हेमन्त वुढाथोकिले संस्थापक सुजना राईको बर्थडे केक काटेर कार्यक्रमको उद्घाटन गरेका थिए ।