टर्किस सुपर लिगमा जाने भए मोरिन्हो

काठमाडौँ / जोसे मोरिन्हो टर्की लिगमा जाने निश्चित भएको छ । मोरिन्होले टर्की लिगको क्लब फेनेर्बाचेको  प्रशिक्षक बन्ने भएका हुन् । मोरिन्होले फेनेर्बाचेका लागि २ बर्षको सम्झौता गर्ने भएका छन् ।  उनलाई गत जनवरीमा इटालियन क्लब एएस रोमाले बर्खास्त गरेको थियो ।

केहि दिन अघि देखि प्रिमियर लिग चेल्सी, म्यानचेस्टर युनाइटेड, टोटनह्याम देखि साउदी लिग अल नासर सम्म जाने चर्चा चलिरहेका बेला मोरिन्होले टर्किस लिग रोजेका हुन् ।

फेनेर्बाचे टर्कीको सफल क्लब मध्य एक हो । हालै सम्पन्न सिजनमा लिगमा दोस्रो भएको थियो । फेनेर्बाचेले अहिलेसम्म १९ पटक टर्की सुपर लिगको उपाधि जितेपनि पछिल्लो १० बर्षमा भने उपाधि जित्न सकेको छैन । पछिल्लो पटक फेनेर्बाचेले २०१३-१४ सिजनमा लिग उपाधि जितेको थियो ।

मोरिन्हो फुटबल जगतका सफल प्रशिक्षक मध्ये एक हुन् । उनले पोर्टो र इन्टर मिलान जस्ता क्लबलाई च्याम्पियन्स लिग जिताएका छन् ।