प्रभावकारी बन्दै वडा नं ८ को ‘वडादेखि ढोकासम्म होमडेलिभरी सर्भिस’

पथरी / पथरी शनिश्चरे नगरपालिका वडा नं। ८ को ‘वडादेखि ढोकासम्म होमडेलिभरी सर्भिस’ प्रभावकारी बन्दै गइरहेको छ । वडाले चालू आर्थिक वर्षदेखि सुरु गरेको कार्यक्रम ‘वडादेखि ढोकासम्म होमडेलिभरी सर्भिस’ अहिले वडामा मात्र नभएर नगरमै लोकप्रिय बन्दै गइरहेको छ ।

आज वडाको कर्मचारी तथा जनप्रतिनिधिहरुको समूह शुक्रबारे निवासी बृषबहादुर तामाङ र फुलमाया तामाङको छोरी डोल्मु तामाङ र शिवजी चौक निवासी राजकुमारी मगर र सूर्यबहादुर गिरीको छोरी सुदिस्मा गिरी को जन्मदर्ता घरमै गएर प्रदान गरिएको छ । यो कार्यक्रम लागू भए यता वडाबाट २५ वटा भन्दा बढी कागजात होमडेलिभरी गरिएको वडाध्यक्ष नविन कार्कीले जानकारी दिनुभयो ।

‘वडादेखि ढोकासम्म’ भन्ने कार्यक्रम संभवतः स्थानीय सरकारले कार्यक्रम नै बनाएर जनतालाई कागजात होमडेलिभरी गर्ने नेपालकै पहिलो वडा नम्बर ८ ले तपशिलका सेवाहरु होम डेलिभरी गरिरहेको छ ।

क) जन्मेको ३५ दिनभित्रमा जन्मदर्ता ।
ख) मृत्यु भएको ३५ दिनभित्रमा मृत्युदर्ता ।
ग) जन्म प्रमाणित ।
घ)  मृत्यु प्रमाणित ।
ङ) अस्थायीरस्थायी बसोबास प्रमाणित ।
च) विपन्न नागरिक सिफारिस ।
छ) ६८ वर्ष पूरा भएपछि राज्यले दिने जेष्ठ नागरिक भत्ता कार्ड ।
ज) अपाङ्गता परिचयपत्र सिफारिस ।
झ) दिर्घरोगी सिफारिस ।
ञ) रातो र निलो कार्ड भएको अपाङ्गता भएका ब्यक्तिहरुको सबै प्रकारको सिफारिस वा प्रमाणित ।
ट) ७५ वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुको सबै प्रकारको सिफारिस वा प्रमाणित ।