पथरी / ‘न्यायिक समितिको क्षेत्राधिकार, कानूनी व्यवस्था र कामकारवाही सम्वन्धी गुनासो तथा सुझाव सम्वन्धमा’ सार्वजानिक सुनवाई कार्यक्रम भएको छ । आइतवार वडा नं २ को सभा हलमा पथरी शनिश्चरे नगरपालिका न्यायिक समितिको आयोजनामा सार्वजानिक सुनवाई कार्यक्रम भएको हो ।
न्यायिक समिति संयोजक एवं नगर उप–प्रमुख देविमाया काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा वडावासीको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न विषयहरुको बारेमा कुरा उठान भएको थियो । उठान भएका प्रश्नहरुलाई नगरपालिकाका कानुनी सल्लाहकार एवं अधिवक्ता दिपक राई, नगर उप–प्रमुख एवम् न्यायिक समिति संयोजक देवीमाया काफ्ले र सरोकारवालहरूले जवाफ दिनुभएको थियो ।
कार्यक्रममा वडाध्यक्ष नैना राई, वडा सदस्यहरु, न्यायिक समिति सदस्य पदमबहादुर धिमाल, कल्पना श्रेष्ठ, लगायत विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । उपप्रमुख एवम् न्यायिक समिति संयोजक देवीमाया काफ्लेको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रमलाई न्यायिक समितिका कर्मचारी विश्वमणि निरौलाले संचालन गर्नुभएको थियो ।