काठमाडौंः १३ औँ दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत मङ्गलबार बिहान भएको १ हजार ५ सय मिटर पुरुष दौडमा भारतले स्वर्ण र रजत जित्दा नेपालले कास्य मात्रै हात पारेको छ ।
आज बिहान दशरथ रंगशालामा भएको खेलमा नेपालका टंक कार्कीले कास्य पदक जिते । स्वर्ण पदक भारतका सजयकुमार सरो र रजत पदक भारतकै अजित कुमारले हात पारे ।