वडा नं ८ द्वारा आर्थिक वर्ष २०७९र०८० / २०८०र०८१ को संक्षिप्त प्रतिवेदन प्रस्तुत

पथरी / पथरी शनिश्चरे नगरपालिका वडा नं ८ ले आर्थिक वर्ष २०७९र०८० र २०८०र०८१ को संक्षिप्त प्रतिवेदन प्रस्तुत गरेको छ । वडा नं ८ का जनप्रतिनिधिहरु निर्वाचित भए पश्चात दुई वर्षमा के–के कार्यहरु गरे संक्षिप्त प्रतिवेदनमा प्रस्तुत गरिएको छ ।

वडा कार्यालयले प्रस्तुत गरेको सो प्रतिवेदनमा वडादेखि ढोकासम्म, वडा अध्यक्ष मेरो साथी कार्यक्रम, जनतासँग जनप्रतिनिधि, वडा नम्बर आठको आकृति, जोगाऔं हाम्रो संस्कृति, वडा नं। ८ को इच्छा, छोरा छोरीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षा, आफ्नै क्याम्पस पथरी बहुमुखी पढौं, छात्रवृत्ति पाई अगाडि बढौं, अशक्तसँग स्वास्थ्यकर्मी, वडा नं। ८ को प्रण, सामुदायिक विद्यालयको रुपान्तरण लगायतका अन्य गतिविधिहरु समावेश गरिएका छन् ।

वडाको हरेक गतिविधिहरु र कार्यहरुलाई वडावासी सामु पु¥याउन अहोरात्र खटिरहेका रहनुभएको छ वडा अध्यक्ष नविन कार्की, वडा सदस्यहरु बाबुराम चौधरी, झमकबहादुर लिम्बु, शान्ता योङहाङ, शिवकुमारी विश्वकर्मा । वडाले तयार पारेको सो संक्षिप्त प्रतिवेदन आजदेखि वडाको प्रत्येक टोल टोल हुँदै घर घरमा पु¥याइने वडा अध्यक्ष नविन कार्कीले जानकारी दिनुभयो ।