क्षयरोग अन्त्यका लागि अन्तरक्रिया तथा स्वास्थ्य सेवा सुदृढिकरण गोष्ठी

पथरी / ‘हो हामी क्षयरोग अन्त्य गर्छौं’ भन्ने मूल नाराका साथ पथरी शनिश्चरे नगरपालिकामा क्षयरोग अन्त्यका लागि अन्तरक्रिया तथा स्वास्थ्य सेवा सुदृढिकरण गोष्ठी सम्पन्न भएको छ ।

पथरी शनिश्चरे नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको सो कार्यक्रमको अध्यक्षता वडा नं। १० अध्यक्ष जीवन खतिवडाले गरेका थिए । सेभ द चिल्ड्रेनको सहयोगमा भएको सो अन्तरक्रिया तथा स्वास्थ्य सेवा सुदृढिकरण गोष्ठीको प्रस्तुतिकरण सन्तोष गुप्ता, गोविन्द माझी, ध्रुव उराउ र राम कोइरालाले गरेका थिए ।

सो कार्यक्रममा वडाध्यक्षहरु, कार्यपालिका सदस्य, नगरका शाखा प्रमुखहरु, नगरका स्वास्थ्यकर्मी, नगरका विभिन्न संघ संस्थाको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थितिको तर्फबाट पथरी बहुमुखी क्याम्पसका प्रमुख शान्तिराम तिम्सिनाले आफ्ना कुरा राखेका थिए । कार्यक्रम सञ्चालन नगरका सिअहेव अधिकृत एकराज खत्री र जनस्वास्थ्य अधिकृत जगत मगरले व्यवस्थापन गरेका थिए ।