पथरीशनिश्चरे ३ को बृतचित्र सार्वजनिक

पथरी / मोरङको पथरीशनिश्चरे वडा नं ३ को बृतचित्र (डकुमेन्ट्री) सार्वजनिक भएको छ । मेरो मनको टिभि युट्युव च्यानलमार्फत आज उक्त बृतचित्र सार्वजनिक गरिएको हो ।

सार्वजनिक वृतचित्रलाई वडा कार्यालयको सहयोगमा निर्माण गरिएको हो । मौसम परिवर्तन लिम्बुले निर्देशन गरेको उक्त बृतचित्रलाई बियल राईले छायांकन गरेका हुन् भने मुहासिं थापा मगरले सम्पादन गरेका हुन् । बृतचित्रमा २०७९ बाट निर्वाचित भएर आएका वडाका जनप्रतिनिधिको पहलमा वडामा भएका विकास निर्माणका गतिविधिहरुलाई समावेश गरिएको छ ।