काठमाडौँ / सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको छ । गएराती सम्पन्न गुजरात टाइटन्सविरुद्धको खेल बर्षाका कारण रद्ध भएपछि सनराइजर्स हैदरावाद प्लेअफमा पुगेको हो । सनराइजर्सको १३ खेलमा १५ अंक भएको छ र अंकतालिकामा तेस्रो स्थानमा रहेको छ ।
योसँगै सनराइजर्स प्लेअफमा पुग्ने तेस्रो टिम बनेको छ । यसअघि कोलकोता नाइट राइडर्स र राजस्थान रोयल्स प्लेअफमा पुगिसकेका छन् । अब प्लेअफको एक स्थानका लागि चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिष्पर्धा हुने देखिएको छ । दुवैबीच शनिबार खेल हुदै छ ।
त्यस्तै गुजरात टाइटन्सले भने पछिल्ला दुई खेल बर्षाले रद्द भएसँगै १४ खेलमा १२ अंक बटुलेर यो सिजन सकाएको छ । गुजरात यसअघिको सिजनमा उपविजेता र २०२२ मा विजेता बनेको थियो ।