वडा नं २ मा ४५ दिने सिलाई कटाई एडभान्स तालिम

पथरी / पथरी शनिश्चरे वडा नं २ कन्दरा टोलमा ४५ दिने सिलाई कटाई एडभान्स तालिमको समापन कार्यक्रम सम्पन्न भएको छ । स्थानीय कसेनीका नारी उत्थान महिला समूहले आयोजना गरेको सिलाई कटाई एभभान्स कोर्षको सोमबार समापन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहन प्रसाद तुम्वापोले सीप सिकाइको प्रमाण–पत्र वितरण गर्नुका साथै प्रशिक्षार्थीहरुले बनाएका पेन्ट, सर्ट, लेंगा, चौबन्दी चोली, कुर्ता सुरुवाल लगायत अन्य कपडाहरुको अवलोकन गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष नैना राई, सदस्यहरु चन्द्रकुमार राई, खिलनाथ घिमिरे, अम्बिका लिम्बु र सितता दर्जीको उपस्थिति रहेको थियो । सो तालिम वडाको १ लाख बजेटबाट सम्पन्न गरिएको वडाध्यक्ष राईले जानकारी दिए ।