भ्वाईस अफ नेपालका विजेता विनोद राईलाई रेडस्टार- ऋतम्भराद्वारा सम्मान

पथरी / मोरङको पथरीशनिश्चरे -२ मा रहेको रेडस्टार माध्यमिक विद्यालय तथा ऋतम्भरा बहुमुखी क्याम्पसले द भ्वाईस अफ नेपाल सिजन -५ का विजेता विनोद राईलाई सम्मान गरेको छ।

बिनोदलाई शुक्रबार पथरीशनिश्चरे ०२ को सिन भिलेज पार्टी प्यालेसमा सो विद्यालयद्वारा २०८१ व्याचका कक्षा १२ मा अध्ययनरत छात्रा छात्रहरुलाई बधाई तथा शुभकामना प्रदान गर्न आयोजित कार्यक्रममा सम्मान गरिएको हो। सो विद्यालयका पूर्व संगीत शिक्षक समेत रहेका राई पथरीशनिश्चरे -०७ का स्थायी बासिन्दा पनि हुन्।
उक्त कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत नवीन खुलाल बुढाथोकीले रेडस्टार माविका कक्षा -१२ बाट ‘ पास आउट’ भएका विद्यार्थीहरुले गाउँ , समाज , नगर हुँदै राष्ट्रसम्म सामाजिक दायित्व बोध गर्दै अघि बढ्न आग्रह सहित शुभकामना व्यक्त गरेका थिए ।

सोहि अवसरमा प्रमुख अतिथि नवीन खुलाल बुढाथोकीले ‘ नगरको राज्यले निर्दिष्ट गरेका उदेश्य र मापदण्डहरू पूरा गरी शैक्षिक गुणस्तरलाई माथि उकास्न सो विद्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गरे। उनले रेडस्टार माविले नगर क्षेत्रमा एक अब्बल विद्यालयको रुपमा स्थापित गराउन सक्षम रहेको उल्लेख गरेका थिए ।

सोही अवसरमा विद्यालय तथा ऋतम्भरा बहुमुखी क्याम्पसका प्रबन्ध निर्देशक तथा प्रिन्सिपल टिएन तिम्सिनाले विद्यालयले प्रदान गरेको शिक्षादिक्षा र ज्ञानले विद्यार्थीहरूको शैक्षिक उन्नयनमा महत्त्वपूर्ण भुमिका खेलेको भन्दै आगामी शैक्षिक सत्रदेखि नयाँ शैक्षिक कार्यक्रमहरु कार्यान्वयनमा ल्याइएको जनाएका थिए ।

चालु शैक्षिक २०८१ सो विद्यालयले सत्रदेखि बालमैत्री तथा अनुसन्धान विधि सहित संस्कार र  जीवन उपयोगी शिक्षण सहजीकरण गर्ने  रेडस्टार मावि  ऋतम्भरा कलेज प्रबन्धक प्रिन्सिपल  टि.एन. तिम्सिनाले जानकारी दिए।

भ्वाइस अफ नेपालका विजेता राईले आधा दर्जनभन्दा बढी गीतहरु गाएका थिए। त्यसैगरी उनका भाइ पुष्प राई र छात्रा अभान्तिका बस्नेतले पनि गीत गाएकी थिइन्। उक्त अवसरमा हिसान प्रि-बोर्ड परिक्षा -२०८० मा उत्कृष्ट जिपीए ल्याउन सफल तीन सय बढि विद्यार्थीलाई प्रमाणपत्र तथा मेडलले सम्मान गरिएको थियो। सो कार्यक्रममा विद्यार्थीहरूले सुन्दर नृत्यहरु पनि प्रस्तुत गरेका थिए। सो अवसरमा विद्यालयका संस्थापक क्रमशः सुजन बास्तोला, विजय डाँगी, विद्यालयका भाईस प्रिन्सिपल बसन्त मादेन, शैक्षिक संयोजक तीर्थ दहाल, लगायतको उपस्थिति रहेको थियो।

विगत ५ वर्षदेखि निरन्तर कक्षा १२ र एसईई परीक्षामा पथरीशनिश्चरे क्षेत्रभित्रकै सर्वाेत्कृष्ट नतिजा ल्याई रहेको यो विद्यालय पछिल्ला वर्षहरूदेखि विभिन्न अतिरिक्त क्रियाकलापहरूमा समेत स्थानीय, जिल्ला हुँदै प्रदेश तहसम्मका प्रतियोगितामा सर्वोत्कृष्ट रिजल्ट हासिल गर्दै आएको हो।