पानी का लागि मिक्लाजुङका बासिन्दाले गरिरहेको श्रमदानमा मुरारी आचार्यको आर्थिक सहयोग

पथरी / मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं २,३ र ४ का १३०० घरधुरिका लागि पानी ल्याउन चालिएको श्रमदान कार्यक्रमका लागि पथरीशनिश्चरे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले आर्थिक सहयोग गरेका छन् ।

मिक्लाजुङ गाउँपालिकाकै वडा नं १ स्थित लावाखोलाबाट १३ किलोमिटर दक्षिण मिक्लाजुङसम्म पानि ल्याउनका लागि उक्तस्थानमा अहिले श्रमदान अभियान चलिरहेको छ । विहिवार स्वास्थ्य शाखा प्रमुख आचार्यले उक्त अभियानमा खटिने श्रमदातालाई खाजापानिका लागि ११ हजार रुपैयाँ श्रमदान स्थलमै पुगेर हस्तान्तरण गरेका थिए । मिक्लाजुङमै जन्मिएका आचार्य हाल पथरीशनिश्चरे नगरपालिकामा कार्यरत रहि बिराटनगर बस्दै आएका छन् ।

आफु सोहि स्थानको जन्मिएको र उक्त स्थानमा पानि ल्याउनका लागि २०३७ सालमा आफ्नै पिताको अगुवाइमा समेत पैनिमार्फत पानि ल्याउन पहल गरेकोमा तत्कालि परिस्थितमा पानि ल्याउन नसकेपछि उत्त अभियानलाई सफल पार्नु आफ्नो पनि जिम्मेवारी भएको सम्झी सानो सहयोग गरेको मुरारि आचार्यले बताए । आचार्यले अभियानका सह–संयोजक उमेश निरौलालाई सहयोग रकम हस्तान्तरण गरेका थिए । सहयोग रकम बुझदै सह संयोजक निरौलाले आफुहरु वर्षैँदेखि पानिका लागि गरिरहेको संघर्षमा साथ दिएकोमा धन्यवाद दिएका थिए ।

लावाखोलाबाट मिक्लाजुङसम्म पानि ल्याउनका लागि २०३७ सालदेखि स्थानिय संघर्षरत छन् । हाल पानि ल्याउनका लागि स्थानियले लावाखोला खानेपानि सरसफाई उपभोक्ता समिति बनाइ श्रमदान अभियान चाल्दैगएपछि गाउँपालिकाले १० लाख रुपैया सहयोग गरेको छ । भने समितिले सामाजिक सञ्जालबाट श्रमदान र अन्य सहयोगका लागि विभिन्न निकायहरुलाई आग्रह गरिरहेको छ ।