राजनीतिक दलहरूसँग बजेट नीति तथा कार्यक्रम तयारी सम्वन्धमा राय सुझाव संकलन

पथरी / पथरी शनिश्चरे नगरपालिकाले आर्थिक वर्ष २०८१र/८२ को बजेट नीति तथा कार्यक्रम तयारी सम्वन्धमा नगरका राजनीतिक दलहरुसँग राय सुझाव संकलन गरेको छ । बुधबार नगरपालिकामा भएको नीति तथा कार्यक्रम तयारी सम्वन्धमा राय सुझाव संकलनको अध्यक्षता नगर प्रमुख मोहन प्रसाद तुम्वापोले गरेका थिए ।

योजना शाखाका लुकनाथ पोखरेलले सञ्चालन गरेको सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शशि राईले उपस्थित राजनीतिक दलका प्रतिनिधिहरुसँग कार्यक्रमको बारेमा प्रष्ट्याएका थिए । तत्पश्चात पूर्व संविधानसभा सदस्य लालबहादुर सुस्लिङ, पूर्व नगर प्रमुख दिलिपकुमार राई (किशोर), नेपाली कांग्रेसका रुपनारायण भट्टराई, नेकपा एकीकृत समाजवादीका तुलसी ढकाल, नेकपा माओवादी केन्द्रका गोविन्द कटुवाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ध्रुव कुमार साम्सोहाङ लगायतले आ–आफ्ना राय सुझावहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उप–प्रमुख देविमाया काफ्ले, लेखा अधिकृत पिताम्बर वस्ती, लेखा सहायक गुणराज थापा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको समापन गर्दै नगर प्रमुख तुम्वापोले उपस्थित राजनीतिक दलका प्रतिनिधिहरूलाई बजेट नीति तथा कार्यक्रम तयारीका लागि राय सुझाव र सरसल्लाहका धन्यवाद ज्ञापन गरेका थिए ।