नगर भेट्रान फुटबल प्रतियोगिताको उपाधि आयोजक वडा नं २ लाई

पथरी / पथरी शनिश्चरे नगरपालिकामा आयोजित भेट्रान लिग फुटबल प्रतियोगिताको उपाधि वडा नं २ (आयोजक)ले आफ्नो पोल्टामा पारेको छ । वडा नं १ को पञ्चायत माविको खेल मैदानमा सोमबार भएको फाइनल खेलमा वडा नं ४ लाई १–२ गोलको झिनो अन्तरले पराजित गर्दै आयोजकले उपाधि माथि कब्जा जमाएको हो ।

फाइनल खेलको पहिलो हाफमै वडा नं। २ का लागि दुबै गोल मदन राईले हेड मार्फत् गरेका थिए । दोस्रो हाफमा वडा नं ४ का खेलाडी यादब राईले एक गोल फर्काएका थिए । खेल अवधिभर दुवै टिमले निक्कै राम्रो अवसरमा प्राप्त गरे पनि गोलले जाली चुम्न सकेन । अन्ततः खेल १–२ गोल अन्तरले वडा नं २ विजयी भयो ।  बिजेता टिमलाई शिल्ड सहित नगद रु ५० हजार र उपविजेतालाई शिल्ड र २० हजार नगद कार्यक्रमका पमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्वापाले प्रदान गरेका थिए ।

बिजेता टिमका मदन राई प्रतियोगिताभरिकै ११ गोल गरेर हाइ स्कोरर र फाइनल खेलको म्यान आफ द म्याच घोषित बने । यस्तै सर्वोउत्कृष्ट खेलाडी विजेता टिमकै जोन सुब्बा, बेष्ट गोल किपर सन्तोष राई, डिफेन्डर बिजय (किम्जो)ं राई घोषित भए । यसैगरी उत्कृष्ट मिड फिल्डर उपबिजेता टिमका क्याप्टेन लोकेन्द्र राई र उत्कृष्ट फवार्ड सुर्य शिवा घोषित भए । फाइनल खेलमा उप–प्रमुख देविमाया काफ्ले, नगरका प्रवक्ता एवं वडा नं ८ का वडाध्यक्ष नवीन कार्की, आयोजक वडा नं २ नं वडा अध्यक्ष नैना साम्पाङ, ४ नं वडा अध्यक्ष लोककिरण न्यौपाने, पूर्व जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।