पथरीशनिश्चरेमा म्याद गुज्रिएका कोकाकोला ब्राण्डका पेयपदार्थ छ्याछ्याप्ती

पथरी / मोरङको पथरीशनिश्चरे एरियामा म्याद गुज्रिएका कोकाकोला ब्राण्डका पेयपदार्थ बिक्रिवितरण भइरहेको पाइएको छ । बुधबार हामिले पथरीशनिश्चरे वडा नं १० स्थित जिरिखिम्तीको एक पसलबाट १.५ लिटरको फ्याण्टा किनेर पिउने क्रममा अमिलो स्वाद आएपछि बोतल हेर्दा म्याद गुज्रिएको पाइएको थियो ।

सोपछि जिरिखिम्तीका अन्य केहि पसलमा हेर्दा अधिकांश पसलमा म्याद गुज्रिएको फ्याण्टा पाइउको थियो । खुद्रा पसलमा त्यस्ता पेयपदार्थ पाइएपछि कहाँबाट ल्याएको भनेर हामिले प्रश्न गर्दा पथरीशनिश्चरे वडा नं १ मा रहेको रमिला किरानाबाट ल्याएको जवाफ दिएका थिए । त्यसपछि रमिला किरानामा गइ हामिले हेर्दा त्यहाँ पनि म्याद गुज्रिएको फ्याण्टा बिक्रिका लागि राखिएको पाइएको थियो । उक्त होलसेल पसलमा यसबारे प्रश्न गर्दा कोकाकोला कम्पनिको आधिकारीक बिक्रेता (डिलर) दामलि स्टोरबाट केहिदिन अघिमात्र स्किममा उक्त पेयपदार्थ लिएको उक्त ब्यापारीले बताए । यसबारेमा पथरीशनिश्चरे वडा नं १ मा रहेको दामलि स्टोरका सञ्चालक रोशन श्रेष्ठसंग प्रश्न गर्दा आफुहरुले म्याद गुज्रिएको सामग्री आफुहरुले बजारमा नपठाएको दावि गर्दै उक्त सामग्री ब्यापारीकै गोदाममा म्याद गुज्रिएको हुन सक्ने बताए ।

आफुहरुले बिक्री गरेको पेयपदार्थ म्याद गुज्रिएको भेटिए जुनसुकै बेलापनि आफुहरु बजारबाट फिर्ता लिने उनले बताए । कोकाकोला तथा फ्याण्टा लगायतका पेय पदार्थको मिति उत्पादन मितिदेखि ४ महिनासम्म मात्र रहेको छ । तर हामिले भेटेको फ्याण्ट अधिकांश २०२३ अगस्टमा उत्पादन भएको पाइएको थियो । यसअर्थमा उत्पादन भएको ९ महिना भइसकेको छ । अर्थात म्याद गुज्रिएको नै ५ महिना पुगिसकेको छ । पथरीशनिश्चरे नगरपालिकाले केहि महिनाअघि गरेको बजार अनुगमनका क्रममा समेत थुप्रै म्याद गुज्रिएका कोकाकोला ब्राण्डका पेयपदार्थ नष्ट गरेको थिायो ।