गौरीगञ्ज गाउँपालिकाका वडाध्यक्ष राजवंशीद्वारा किर्ते सिफारिस, पत्रकार देखेर भागे वडाध्यक्ष

दमक । झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ का वडाध्यक्षले गैर कानुनी रुपमा सेवाग्राहीसंग मिलेमतो गरि किर्ते कागजात दिएको खुलासा भएको छ।

वडा नम्बर १ को वडाध्यक्ष कार्तिकलाल राजवंशीले आर्थिक प्रलोभनमा परि उक्त वडाको चार जनालाई बिबाहित भनेर जान्दा जान्दै अबिबाहिताको सिफारिस दिएको खुल्न आएको हो।

वडाध्यक्ष राजवंशीले २०७७ साल कार्तिक २१ गते एकापरिवारको ओजाहाङग लिम्बू को नाति मेख बहादुर लिम्बूको छोरा बर्ष ४७ को दिल प्रसाद लिम्बू , बर्ष ५३ को देव कुमार लिम्बू , बर्ष ५२ कि फिपरानी लिम्बू र ४३ को गंगा प्रसाद लिम्बूहरुलाई अबिबाहिताको सिफारिस दिएका हुन् ।

०७७ सालमा समेत राजवंशी सो वडाका वडाध्यक्ष रहेका थिए भने उनी स्वयमले उक्त सिफारिसमा ठूलो आर्थिक प्रलोभनमा परि हस्ताक्षर गरेर कागजात बनाएको खुलेको छ । लिम्बूहरुलाई बेलायत जानको लागि अबिबाहिताको सिफारिस आवस्यक परेको हुदा राजवंशीसंग समन्वय गरि मोटो रकम खुवाएर उनीहरूले सिफारिस लिएको श्रोतको दाबी छ ।

११८०५००३ राहदानी नम्बर भएको देव कुमार लिम्बू , ११८०५०१३ राहदानी नम्बर भएकी फिपरानी लिम्बू , ११८०५०१० राहदानी नम्बर भएको गंगा प्रसाद लिम्बू र १२०७०४५० राहदानी नम्बर भएको दिल प्रसाद लिम्बूलाई बेलायत जानको लागि उक्त सिफारिस आवश्यक परेपछि निजहरुले वडाध्यक्ष राजवंशीलाई आर्थिक प्रलोभनमा पारि उक्त सिफारिस लिएको श्रोतले बतायो ।

पत्रकार देखेपछि भागे वडाध्यक्ष

यसै सन्दर्भमा प्रतिक्रिया लिन संचारकर्मीको टोली सोमबार करिव १२:३० बजे वडा कार्यालय पुग्दा कार्य कक्षमा सेवाग्राहीसंग गफ गरेर बसिरहेका वडाध्यक्ष राजवंशी पत्रकारसंग प्रसंग निस्कने बित्तिकै फोनमा बोलेजस्तो गरेर कार्यकक्षबाट बाहिरेका थिए । उनलाई उक्त बिषयमा बोल्न आग्रह गर्दा पनि एकछिनमा आउछु भनेर उनी बाहिरिए । निकैबेर नआएपछि उनलाई फोन सम्पर्क गर्दा फोन नउठाई उनी सम्पर्कमा आउन चाहेनन् ।

थापा र मास्के लण्डन बसेरै बिचौलियाको भूमिका निभाउदैकाभ्रेपलान्चोक जिल्ला पनौती नगरपालिका वडा नम्बर ५ सुलागाँउ स्थायी घर भएका फत्ते बहादुर थापाको छोरा हाल UK को 20,22,24 central chambers , The Broadway Ealing , London W5 2NR स्थित Everst Low solicitors का संचालक राजु थापा र काठमाडौं घर भई हाल बेलयत बस्ने दिपक मास्के सहितले निज लिम्बूहरुलाई बेलायत लगिदिने बहानामा किर्ते कागजात बनाउनको लागि प्रेरित गरेको श्रोतको दावी छ ।