गायक सिडी विजयको ‘जीवनको रेल’मादिपेन्द्रराज र अलिसा

काठमाडौँ / गायक सिडी विजयअधिकारीको मर्मस्पर्षी गीत ‘जीवनको रेल’बोलको गीतको भिडियो सार्वजनिकभएको छ । प्रेमवियोगको कथाले भरिएको माया प्रेम अनिधोकाले भरिपूर्ण जीवनको रेल बोलको सार्वजनिकगीतमाआँफुलाई भन्दा बढी माया गरेकीपत्नीले दिएको धोकालाई कलात्मकतरिकाले वर्णन गरेको छ ।

त्रिकोणात्मक प्रेमकथाले भरिएको सार्वजनिकगीतकाशब्ददीपेन्द्र अधिकारीका छन् । गीतकार अधिकारी जापानमा बसेर बेजोड गीत लेख्ने सक्ने प्रतिभाकाधनीगीतकार हुन् ।  गायक सिडीकै संगीत रहेको गीतमा एरेन्ज राजु कार्कीको रहेको छ । आफ्नी प्राण प्यारीले दिएको धोकालाई गायक सिडी स्वयमले भिडियोमा कलात्मकतरिकाले आफ्नो निर्देशकीयकला कौशल देखाएका छन् ।

प्रेममापनि यो हदसम्मको धोका हुनसक्छ भन्ने कथालाई देखाइएको भिडियोमा दिपेन्द्रराजगिरी, अलिसाबास्तोला र श्रवन बिष्टले गज्जबको अभिनय गरेका छन् । सार्वजनिक भिडियोको छायांकन महेश महराले गरेका हुन् भने सम्पादन र कलरिङ दिनशनशाहले गरेका हुन् । भिडियो डिए क्रियशन युट्युब च्यानलबाट बजारमा आएको हो ।

भिडियो :