नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको पहिलो मैत्रिपूर्ण टी–२० प्रतियोगिता आजदेखि

काठमाडौं / नेपाली राष्ट्रिय क्रिकेट टोली र वेष्ट इण्डिजको ‘ए’ टोलीले शनिबारपहिलो मैत्रिपूर्ण टी–२० प्रतियोगिता खेल्दै छन्। खेल दिउँसो सवा १२ बजेदेखि कीर्तिपुरस्थित मैदानमा शुरु हुनेछ। नेपाल र वेष्ट इण्डिजबीच टी–२० खेलको शृङ्खलाको पाँच खेलहुने छ ।

नेपाल क्रिकेट संघ (क्यान) को तालिका अनुसार शृङ्खलाका सबै खेल कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै खेलाइने छ । दोस्रो खेल आइतबार, तेस्रो मे १, चौथो मे २ र पाँचौँ खेल मे ४ तारिखमा हुने छ ।  क्यानले वेष्ट इण्डिज ‘ए’ सँग खेल्ने १६ सदस्यीय नेपाली टोलीको घोषणा बिहीबार नै गरिसकेको थियो भने टोलीमा शुक्रबार थप चार सदस्य थपिएर २० सदस्य पुगेको छ ।

आज रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोली मैदानमा उत्रिदा वेष्ट इण्डिजको कप्तानी रोस्टन चेजले गर्दैछन्। नेपाली टोलीका कप्तान पौडेलले एसिसि प्रिमियर कपमा टोलीले गरेको प्रर्दशन निराशाजनक भएको स्वीकार्दै वेष्ट इण्डिजको ‘ए’ टोली सँगको पाँच शृङ्खलामा उत्कृष्ट प्रर्दशन गर्ने बताएका छन् ।

आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा वेष्ट इण्डिजको ‘ए’ टोलीसँगअभ्यास खेल आजबाट खेल्न लागेको हो।पहिलो पटकनेपाल भ्रमणमामैत्रिपूर्ण खेल खेल्न आएको वेष्ट इण्डिजले पनि आगामी टी–२० विश्वकप खेल्दै छ। आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेष्ट इण्डिजमा आयोजना हुँदैछ।




Leave a Reply

Your email address will not be published.