४४ दिनमा सकियो ‘द्रौपदी’को सुटिङ

काठमाडौं / फिल्म ‘द्रौपदी’ सुटिङ ४४ दिनमा सकिएको छ । फागुनअन्तिममा डोल्पाको दुनै, कालिकामन्दिरमा मुर्हत गरी छायाङ्कन थालिएको फिल्मको शुक्रबार शे फोक्सुण्डो तालमा ‘इन्ड क्ल्याप’ गरिएको हो ।

करिच चार बर्ष लगाएर स्क्रिप्ट लेखिएको फिल्ममाआश्विनीशाही, गायक रबि ओड, कबिराजभाम, जेल्सनअधिकारी, सुजातातिमल्सिना, विष्णु (सुवास) ठडराई, प्रकाश ज्ञवाली, सीताबौडेल, सुरज अधिकारीलगायतको अभिनय छ ।

ऋषिराजआचार्यको निर्देशन रहेको फिल्ममा मोहनकुमार झिल्लुको छायांकन, रबि ओडको संगीत, विजयआचार्यको कलानिर्देशन र अनिलमहर्जनको सम्पादन छ । फिल्मको निर्मातामानिर्देशकआचार्य, विष्णु (सुवास) ठडराई र प्रकाश ज्ञवाली तथा खेमराज भण्डारी र ऋतु आचार्य सहनिर्माता छन् । आरबीमुभीजको ब्यानरमा निर्माण भएको फिल्मको स्क्रिप्ट निर्देशकआचार्यले नै लेखेका हुन् ।