समुन्द्रमा ५ आप्रावासीको मृत्यु भए पछि बेलायतमा हंगामा

लन्डन / बेलायत प्रवेश गर्न लागेका ५ आप्रावासीको मृत्युले तरंग ल्याएको छ ।  सानो डुङ्गामा इंगलिस च्यानल पार गर्ने क्रममा सात वर्षीया बालिकासहित पाँच जनाको मृत्यु भए पछि बेलायतमा हंगामा मच्चिएको हो ।

बीबीसीका अनुसार मानिसहरूलाई डुङ्गामा चढेको र उनीहरूलाई रोक्न प्रहरीले प्रयास गरेको देखिएको छ । महिनौंको आन्तरिक कलह पछि बेलायतको संसदले प्रधानमन्त्री ऋषि सुनकको प्रमुख रुवाण्डा विधेयक पारित गरे लगत्तै यो घटना भएको हो ।

विधेयकले रुवान्डालाई सुरक्षित देश तोकेको छ तर विपक्षी र अधिकार समूहहरूले यो योजनाको कडा आलोचना गरेका छन् । प्रधानमन्त्री सुनक भन्छन्, ‘आजको मृत्युले उनी किन तस्करहरूलाई रोक्न चाहन्छन् भनेर सम्झाउने काम गर्दछ।’