इन्ट्राद्धारा पथरीशनिश्चरे र दमक नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण

पथरी / ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरीका’ नामक नाफारहित एक संस्थाले मोरङको पथरीशनिश्चरे र झापाको दमक नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । शनिवार पथरीशनिश्चरे वडा नं १० स्थित भुटानि शरणार्थि शिविरमा इन्ट्राले नै सञ्चालन गरेको नवनिर्मित स्वास्थ्य चौकि उद्घाटन कार्यक्रममा कोशि प्रदेशका मुख्यमन्त्री केदार कार्कि र इन्ट्रा फाण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले दुवै नगरका प्रतिनिधीहरुलाई चावि हस्तान्तरण गरेका थिए ।

 

स्वास्थ्य चौकि उद्घाटन तथा एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले आफु नेतृत्वको सरकारविरुद्ध दुइ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने कानुनि व्यवस्था भएका कारण यो सरकार तत्काल नढल्ने दावि गर्दै उक्त स्वास्थ्य चौकि संरक्षणको जिम्मेवारी समेत लिने बताए । उनले स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा इन्ट्राले पुर्याएको योगदानको कदर गर्दै आफु पनि भावनात्मक रुपमा इन्ट्राको सदस्य भएको घोषणा गरेका थिए ।

कार्यक्रममा बोल्दै फाउण्डेसका अध्यक्ष डिल्ली अधिकारीले फाउण्डेसले संसारका १६ देसमा काम गरिरहेको बताए । नेपाली संस्कृति जोगाउन सबै एकजुट भएर अगाडि बढ्नुपर्ने समेत उनले बताए । कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले भाषा,संस्कृति र समस्यामा परेका जो कोहिको लागि पनि फाउण्ेसनले सकेको सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । फाउडेसनले स्वास्थ्य चौकि स्थापना र एम्बुलेन्स हस्तान्तरण गर्न पाउँदा खुसि लागेको बताए ।

कार्यक्रममा कलाकारद्धय दिलिप रायमाझी, नृत्य निर्देशक शंकर बिसी, मोडल करिष्मा ढकाल, गायक डम्बर नेपाली, लगायतका कलाकारले आफ्नो प्रस्तुति समेत दिएका थिए ।