जरिवाना तिर्न काठमाडौँ महानगरको राप्रपालाई पत्र

काठमाडौँ / काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जरिवाना तिराउने निर्णय गरेको छ ।

गत चैत २७ गते राप्रपाले गरेको काठमाडौँ जनप्रदर्शनको क्रममा महानगरको विभिन्न क्षेत्र फोहोर गरेको र ट्राफिक आइल्यान्डमा क्षति पुर्‍याएको भन्दै महानगरले जरिवाना तिराउने निर्णय गरको हो ।

काठमाडौं  महानगरले राप्रपालाई फोहोरमैला ऐन २०६८ को दफा ३९ अनुसार ५ हजार जरिवाना र स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ९७ अनुसार आन्दोलनका क्रममा ट्राफिक आइल्याण्ड मर्मतका लागि २ सय २२ रुपैयाँ ८१ पैसा लागेकाले सोही अनुरूप जरिवाना गरेको जनाएको छ ।

महानगरको बैंक खाता समेत उल्लेख गरेर सो अनुसारको जरीवाना तिर्न महानगरले राप्रपालाई पत्र पठाएको छ ।