१३ औं सागमा नेपाललाई पहिलो स्वर्ण

काठमाडौंः १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले पहिलो स्वर्ण जितेको छ ।

करातेको पुरूष एकल कातामा मण्डेकाजी श्रेष्ठले पाकिस्तानी खेलाडी निएमातुलिएहलाई पराजित गरी नेपाललाई स्वर्ण दिलाएका हुन् ।

२५ दशमलव ७२ अंक ल्याएर स्वर्ण दिलाउँदा पाकिस्तानी खेलाडीले २४ दशमलव ९२ अंकका साथ रजत पदकमा चित्त बुझाए ।