आगलागी नियन्त्रण सम्वन्धी एक दिने तालिम

पथरी / आगलागी नियन्त्रकहरुलाई आगलागी नियन्त्रण सम्वन्धी एक दिने तालिम आज सम्पन्न गरिएको छ । पथरी शनिश्चरे नगरपालिका वातावरण तथा विपद् व्यवस्थापन शाखाले आयोजना गरेको सो तालिमको प्राविधिक सहयोग भने सशस्त्र प्रहरी सुरक्षा वेस लक्ष्मीमार्गले गरेको हो ।

नगरपालिकाको सभाहलमा भएको सो तालिमकोे प्रमुख अतिथि नगर प्रमुख मोहन प्रसाद तुम्वापो रहेका थिए । यसैगरी तालिममा नगरका योजना तथा प्रशासन प्रमुख शिवकुमार राई, योजना शाखाका लुकनाथ पोखरेल, सशस्त्र प्रहरी, नगर प्रहरी लगायतको सहभागिता रहेको थियो ।