सागअन्तर्गत आज भलिबलमा कास्यको टुंगो लाग्ने

विराटचोकः १३ औं दक्षिण एशियाली खेलकुदअन्तर्गत आज भलिबल खेलको कास्य पदकको टुंगो लाग्ने भएको छ । खेल मंसिर ११ देखि नै शुरु भएको छ ।
घरेलु टोली नेपालको महिला टिम फाइनल पुगिसकेको छ भने पुरुष टिम समूहको दुवै खेल हार्दै बाहिरिसकेको छ । आज कास्य पदकका लागि दुवै तर्फको खेल हुँदैछ । पुरुष र महिला दुवैतर्फ श्रीलंका र बंगलादेशबीच कास्य पदकको लागि खेल हुनेछ ।
फाइनल खेल भने मंगलबार भारत र पाकिस्तानबीच पुरुषतर्फको खेल हुनेछ । महिलातर्फ भने घरेलु टोली नेपाल र भारतबीच खेल हुनेछ ।