कानेपोखरी गाउँपालिकाका शिक्षा शाखा प्रमुखलाई अभद्र ब्यवहार अन्तर्गत मुद्धा दर्ता

पथरी / मोरङको कानेपोखरी गाँउपालिकाका शिक्षा शाखा प्रमुख बेगबहादुर काफलेलाई अभद्र ब्यावहार अन्तर्गतको मुद्धा दर्ता भएको छ ।

उनिविरुद्ध कानेपोखरी कै एक महिलाले प्रहरीमा उजुरी दिएकी हुन् । काफ्लेले गत चैत्र १६ गते दिउँसो कानेपोखरी–रंगेली सडक खण्डमा आफुलाई ज्यानसम्म लिन सक्ने धम्कीसहित अभद्र व्यवहार गरेको ति महिलाको आरोप छ ।

पडित महिलाले इलाका प्रहरी कार्यालय पथरीमा जाहेरी दर्खास्ता दिए पछि शिक्षा शाखा प्रमुखको जिम्मेवारीमा रहेका काफले बिरुद्धमा अभद्र ब्यावहारको मुद्धा दर्ता भएको हो । आफु बिरुद्ध प्रहरीमा जाहेरी दर्खास्ता परेको सुचना पाउने बित्तिकै काफ्ले फरार रहेको प्रहरीले जनाएको छ ।

महालक्ष्मी नगरपालिका १ धनकुटा स्थाइ ठेगाना रहेका काफ्लेको खोजी कार्यको लागी प्रहरी परिचालन गरेको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी गणेश बहादुर श्रेष्ठले जानकारी दिएका छन ।