मेसी र स्वरेजको गोलमा इन्टर मियामी विजयी

काठमाडौँ / अमेरिकन मेजर लिग सकरमा इन्टर मियामीले स्पोटिंग कान्सास सिटीलाई पराजित गरेको छ ।आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले कान्सास सिटीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मियामीको जितमा डिएगो गोमेज, लियोनेल मेसी र लुइस स्वरेजले एक एक गोल गरेका थिए । त्यस्तै स्पोर्टिंग कान्सास सिटीका लागि एरिक थोमीले दुवै गोल गरेका थिए । यो जितपछि इन्टर मियामी एमएलएसको इस्टर्न कफेरेन्समा ९ खेलमा १५ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ भने स्पोर्टिंग कान्सासको वेस्टर्न कन्फेरेन्समा ८ खेलमा १० अंक रहेको छ र आठौँ स्थानमा छ ।