सिडलिङ मन्टेश्वरीको वार्षिकोत्सव सम्पन्न

पथरी / मोरङको पथरीशनिश्चरे वडा नं २ मा रहेको सिडलिङ मन्टेश्वरीले आफनो अबिभावक दिवस तथा बाषिकोत्सव भब्य रुपमा सम्पन्न गरेको छ ।

हरियाली सामुदायिक वन लिमिटेडको सभाहलमा बुधवार सम्पन्न उक्त कार्यक्रममा पथरीशनिश्चरे नगरउपप्रमुख देविमाया काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो । मन्टेश्वरीकी प्रिन्सीपल विन्दु चेम्जोङ राईले अध्यक्षता गरेको उक्त कार्यक्रममा शिक्षीका सृजना सुब्बा परियारले स्वागत मन्तव्य राखेकी थिइन । कार्यक्रमम विद्यार्थीहरुले सांगितीक प्रस्तुति पस्किीएका थिए भने विभिन्न विधामा पुरस्कृत समेत गरिएको थियो ।